जर्मन टोली बायर्न म्युनिखलाई २–० ले पराजित गर्दै पिएसजी क्लब विश्वकपको अन्तिम चारमा
News Desk
Jul-06 , 2025 तारिख 06:44 बिहान

 फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी)ले   जारी क्लब विश्व कपको सेमिफाइनलमा स्थान बनाएको छ। 

जर्मन टोली बायर्न म्युनिखलाई २–० ले पराजित गर्दै पिएसजी क्लब विश्वकपको अन्तिम चारमा पुगेको हो। ९ खेलाडीमा सिमित भएर पनि पिएसजी जित निकाल्न सफल रह्यो।

च्याम्पियन्स लिगको फाइनलमा इन्टर मिलानविरुद्ध दुई गोल गरेका डेसाइर डोउले खेलको ७८औं मिनेटमा बाँया पिएसजीका लागि पहिलो गोल गरे।

विलियन पासो ८२ औं मिनेट र लुकास हर्नान्डेजलाई इन्ज्युरी समयको दोस्रो मिनेटमा रातो कार्ड पाएपछि पिएसजी ९ खेलाडीमा समेटियो।

इन्ज्युरी समयको छैटौं मिनेटमा उस्मान डेम्बेलेले दोस्रो गोल थप्दै पिएसजीको जित पक्का पारे।

इंग्ल्याण्डका कप्तान ह्यारी केनले गरेको गोल पनि अफसाइडका कारण मान्यता पाउन सकेन। खेलको अन्त्यतिर बायर्नलाई दिइएको पेनाल्टी पनि भिएआरको सहायताले उल्ट्याइयो।

बायर्नको ३५ वर्षीय फर्वार्ड थोमस मुलरले अन्तिम १० मिनेटमा किङ्स्ली कोमनको सट्टा मैदान प्रवेश गरे। बायर्नका लागि त्यो उनको अन्तिम खेल रह्यो। उनले बायर्नमा १७ वर्ष बिताए।

धेरै पढिएको