पीएसजी फिफा क्लब विश्व कपको फाइनलमा
News Desk
Jul-10 , 2025 तारिख 06:52 बिहान

पेरिस सेन्ट–जर्मेन (पीएसजी) फिफा क्लब विश्व कपको फाइनलमा पुगेको छ।

गएराति भएको खेलमा रियल मड्रिडलाई ४–० गोलको फराकिलो अन्तरले हराउँदै फ्रेन्च टोली पीएसजी उपाधि नजिक पुगेको हो।

पीएसजीका फाबियन रुइसले २ गोल गर्दा, ओस्मान डेम्बेले र गोनसालो रामोसले समान १ गोल गरे। खेलको सुरुवाती २४ मिनेटमै पिएसजीले ३ गोल गर्दै रियलको डिफेन्स तहस नहस बनायो। 

न्यू जर्सीस्थित मेटलाइफ स्टेडियममा  खेलमा  ७७ हजारभन्दा बढी दर्शकबीच निकै गर्मीमा खेल भएको थियो। तापक्रम ३८ डिग्री सेल्सियस पुगेको थियो।

खेलको छैटौं मिनेटमा रुइसले पहिलो गोल गरे। नवौं मिनेटमा डेम्बेलेको गोल गरे। २४ औं मिनेटमा रुइसले अर्को गोल गर्दा पीएसजीले खेल पूर्ण रुपमा नियन्त्रणमा लियो।

खेल सकिन ३ मिनेट बाँकी रहँदा रामोसको गोल गर्दै जितलाई थप सहज बनाए। रियलका डिफेन्डरको गल्तीमा पहिलो दुई गोल सम्भव भएको थियो।

रियलका किलियन एम्बाप्पेले पहिलो रोजाइमा खेले पनि खास प्रभाव पार्न सकेनन्।

लुका मोड्रिचले ६४ औं मिनेटमा मैदान प्रवेश गरे । रियलबाट त्यो उनको अन्तिम खेल थियो। एडर मिलिटाओ चोट मुक्त भएर मैदानमा फर्किए।

पीएसजीले आइतबार चेल्सीसँग फाइनल खेल्नेछ।

धेरै पढिएको