News Desk
काठमाडौं, असार २८ | नेपाल क्रिकेट संघ (क्यान) ले सिदार्थ बैंक नेपाल प्रिमियर लिग (NPL) प्रतियोगिताको दोस्रो संस्करणमा सहभागी हुन इच्छुक नेपाली खेलाडीहरूका लागि खेलाडी दर्ता प्रक्रिया सुरु गरेको छ।
क्यानद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा फ्रेन्चाइज टोलीबाट रिलिज भएका तथा नयाँ खेलाडीले आगामी संस्करणमा सहभागी हुन दर्ता अनिवार्य गरिएको उल्लेख छ। इच्छुक खेलाडीहरूले https://npl-t20.com/registration लिंकमार्फत आफूलाई अनलाइन माध्यमबाट दर्ता गराउन सक्नेछन्।
खेलाडीहरूलाई A, B, C गरी तीन श्रेणीमा वर्गीकरण गरिएको छ। दर्ता गर्ने क्रममा खेलाडीहरूले आफू उपयुक्त ठानेको श्रेणीमा नाम दर्ता गराउन सक्ने व्यवस्था गरिएको क्यानले जनाएको छ।
दर्ता शुल्क प्रति खेलाडी रु १,००० (एक हजार) तोकिएको छ भने दर्ता गर्ने अन्तिम म्याद २०७८ साल साउन २ गते (जुलाई १७, २०२५) सम्म रहनेछ।