‘साम्बा’ न्युजिल्याण्डको वेलिंगटन फिनिक्स क्लबमा आबद्ध, दुई सिजनको सम्झौता
News Desk
Jul-17 , 2025 तारिख 06:03 बेलुका

काठमाडौं |नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी 'साम्बा'ले आफ्नो अन्तर्राष्ट्रिय फुटबल यात्रामा नयाँ अध्याय सुरु गरेकी छन्। उनले न्युजिल्याण्डको वेलिंगटन फिनिक्स फुटबल क्लबसँग दुई सिजनको लागि अनुबन्ध गरेकी हुन्।

साम्बा अब सिजन २०२५/२०२६ र २०२६/२०२७ का लागि फिनिक्स क्लबको तर्फबाट मैदानमा देखिनेछिन्। वेलिंगटनस्थित यो क्लब अष्ट्रेलियाको शीर्ष स्तरीय ए-लीग वुमेन्स प्रतियोगितामा प्रतिस्पर्धा गर्दै आएको छ।

यसअघि साम्बाले फ्रान्सको एन अभान्ट ग्वेंगाम्प क्लबमा दुई सिजन खेलिसकेकी थिइन्। फ्रान्स जानुअघि उनले इजरायलको हापोएल रानानाबाट युरोपियन लिगमा डेब्यु गर्दै अन्तर्राष्ट्रिय क्लब फुटबलमा आफ्नो पहिचान बनाएकी थिइन्।

नेपालकी सर्वाधिक गोलकर्तामध्ये एक सावित्राको यो नयाँ यात्रा नेपाली महिला फुटबलको लागि पनि प्रेरणादायी मानिएको छ।

धेरै पढिएको