साप्स्फ-​SAPSF को उपाध्यक्षमा चयन भ​एका शिवाकोटीलाई सेण्ट​ ज​र्ज​ ​ विद्यालयले ग​र्यो सम्मान
News Desk
Jul-19 , 2025 तारिख 01:21 बिहान

साउन २ | राष्ट्रिय पारा ओलम्पिक कमिटी नेपालका कोषाध्यक्ष तथा पारा एथलेटिक्स संघ नेपालका अध्यक्ष ओमनाथ शिवाकोटीलाई भारतको बैंगलोरमा गठन गरिएको South Asian Para Sports Federation (SAPSF)को उपाध्यक्ष पदमा चयन गरिएकोमा सेण्ट जर्ज स्कुलले विशेष सम्मान गरेको छ।

शिवाकोटीलाई "SEE पास विद्यार्थी सम्मान कार्यक्रम" को अवसर पारेर विद्यालयका अध्यक्ष प्रल्हाद दाहाल र प्रिन्सिपल मेघराज बजगाईंले संयुक्त रूपमा सम्मान पत्र प्रदान गर्दै बधाई तथा शुभकामना व्यक्त गरेका हुन्। सम्मान पत्रमार्फत शिवाकोटीले नेपालको पारा खेलकुद क्षेत्रको विकास, सहज नीतिगत संरचना निर्माण तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली पारा खेलाडीको पहिचान विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रममा बोल्दै विद्यालय अध्यक्ष दाहालले शिवाकोटीको नियुक्तिलाई नेपालका लागि गौरवको विषय भएको उल्लेख गर्दै, यसले पारा खेलकुदको क्षेत्रमा थप प्रेरणा र सम्भावनाको ढोका खोल्ने बताएका थिए।

SAPSF को उपाध्यक्षमा नियुक्त शिवाकोटीले आगामी कार्यकालमा दक्षिण एसियाली मुलुकबीच सहकार्य गर्दै पारा खेलाडीका हकहितका लागि रणनीतिक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

धेरै पढिएको