महिला युरो कपको उपाधि इंग्ल्याण्डलाई
News Desk
Jul-28 , 2025 तारिख 12:22 बेलुका

लन्डन | महिला युरो कप २०२५ को आज सम्पन्न फाइनल खेलमा इंग्ल्याण्डले स्पेनलाई पेनाल्टी सुटआउटमा ३-१ गोलले पराजित गर्दै उपाधि रक्षा गर्न सफल भएको छ। आइतबार सम्पन्न फाइनल खेल निर्धारित समय र अतिरिक्त समयसम्म १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो।

पेनाल्टी सुटआउटमा इंग्ल्याण्डका लागि निर्णायक प्रहार क्लोइ केलीले गरेकी थीन। उनले निर्णायक गोल गर्दै इंग्ल्याण्डलाई लगातार दोस्रो पटक युरो उपाधि दिलाइन।

स्पेनका तर्फबाट तीन खेलाडी, जसमा हालको ब्यालन डिंओर विजेता आइटाना बोनमाटी समेत थीन्, पेनाल्टीमा गोल गर्न असफल भए।

यो जितसँगै इंग्ल्याण्ड महिला टोली युरोपेली फुटबलमा बलियो शक्ति रूपमा उदाएको छ भने, उपाधि जोगाउँदै इतिहास रच्न सफल भएको छ l 

खेलपछिको पत्रकार सम्मेलनमा इंग्ल्याण्डकी कप्तानले भनिन्, “यो जित केवल फुटबलको होइन, हाम्रो मेहनत, एकता र महिला खेलाडीहरूको आत्मबलको प्रतीक हो। हामी सम्पूर्ण देशका महिलाका लागि यो क्षण समर्पित गर्छौं।”

वर्ष २०२२ मा पहिलो पटक महिला युरो कप जितेको इंग्ल्याण्डले यस पटक दोस्रो उपाधि जित्दै युरोपको सर्वश्रेष्ठ टोलीको रूपमा पुनः प्रमाणित गरेको छ।

यस जितसँगै इंग्ल्याण्ड महिला फुटबलले विश्व फुटबलमा थप आत्मविश्वाससहित अगाडि बढ्ने अपेक्षा गरिएको छ।

 

धेरै पढिएको