विश्व बुदो मार्सलआर्ट च्याम्पियनसिपमा नेपाललाई ८ स्वर्णसहित १० पदक
News Desk
Aug-01 , 2025 तारिख 12:01 बेलुका

अजरबैजानको राजधानीमा सम्पन्न विश्व बुदो मार्सलआर्ट च्याम्पियनसिपमा नेपालले कुल १० पदक जितेको छ । बाकुमा सम्पन्न च्याम्पियनसिपमा नेपालको ८ स्वर्ण र २ रजतसहित १० पदक जितेको हो । यस्तै, महिलातर्फ फुलकन्ट्याक्टको ४० किलो तौल समूहमा र किक बक्सिङ स्पर्धामा नेपालकी पुजा खड्का दोहोरो स्वर्ण पदक जितिन् । त्यसैगरी, ७० किलो तौल समूहमा रोचक भारतीले पनि दुवै स्पर्धामा स्वर्ण पदक जित्दा महिला ५५ किलो तौल समूह र किक बक्सिङमा बबिता कार्कीले पनि दोहोरो स्वर्ण पदक जितेकी छन् । ७५ किलो तौल समूहमा सागर विष्ट र ८५ किलो तौल समुहमा सुदर्शन खतिवडालेले समान एक स्वर्ण र एक रजत पदक जितेका छन् ।

नेपाल बुदोकै - दो कराँते संघका ७ जना खेलाडी र ६ जना अफिसियलसहितको टोलीलाई विश्व बुदो मार्सलआर्ट च्याम्पियनसिपमा सहभागी हुन साउन ७ गते नेपाली टोली अजरबैजानको राजधानी बाकु प्रस्थान गरेको थियो । नेपाली टोली साउन १६ गते नेपाल फर्किने छ ।

धेरै पढिएको