पाँचौँ तथा अन्तिम टेस्ट भार​त​को पोल्टामा
News Desk
Aug-05 , 2025 तारिख 12:29 बेलुका

तीव्र गतिका बलर मोहम्मद सिराजले पाँच विकेट लिएपछि भारतले पाँचौँ तथा अन्तिम टेस्ट छ रनले जितेको छ। यस नतिजासँगै पाँच खेलको शृङ्खला २–२ ले बराबर भयो। भारतको टेस्ट क्रिकेटमा सबभन्दा कम अन्तरको जित भएको छ।

 

 

इङ्ग्ल्यान्डलाई अन्तिम दिन सोमबारको खेल निकै रोमाञ्चक बन्यो । भारतलाई जितका लागि चार विकेट लिन आवश्यक थियो भने इङ्ग्ल्यान्डलाई शृङ्खला ३–१ ले जित्न ३५ रन बनाउनुपर्ने स्थिति थियो तर ३७४ रन पछ्याएको घरेलु टिम इङ्ग्ल्यान्ड ३६७ रनमा अलआउट भयो।

सिराजले भारतको अगाडि तगारोको रूपमा उभिएका गस एटिक्सनलाई बोल्ड गरेर इङ्ग्ल्यान्डको पालि समाप्त पारे। एटिक्सनले १७ रन बनाए। दोस्रो पालिमा हेरी बु्रकले १११ र जोय रुटले १०५ रन बनाए पनि इङ्ग्ल्यान्डले जित हासिल गर्न सकेन। रुटले ३९ औँ र बु्रकले १० आँैँ टेस्ट शतक बनाए।​

सिराजले अन्तिम दिन चारमध्ये तीन विकेट लिए। अर्का तेज बलर प्रसिद्ध कृष्णाले पनि तीन विकेट लिएर सिराजलाई उचित साथ दिए। यसअघि पहिले ब्याटिङ गर्ने भारतको पहिलो पालि २२४ रनमा सीमित भएको थियो। सो पालिमा करुण नायरले सर्वाधिक ५७ रन बनाए। इङ्ग्ल्यान्डका लागि एटिक्सनले सर्वाधिक पाँच विकेट लिए। इङ्ग्ल्यान्डले जवाफमा २४७ रन बनाएर २३ रनले अग्रता बनाएको थियो। 

प्रसिद्ध र सिराजले मिलेर आठ विकेट लिएपछि इङ्ग्ल्यान्डले पहिलो पालिबाट ठुलो अग्रता बनाउन सकेन। सो पालिमा प्रारम्भिक ब्याट्सम्यान जयक क्रलीले ६४ र ब्रुकले ५३ रनको अर्धशतकीय पालि खेलेका थिए। 

भारतले दोस्रो पालिमा ३९६ रन बनाएपछि इङ्ग्ल्यान्ड समस्यामा परेको हो। भारतको दोस्रो पालिमा यसश्वी जयसवाल (११८ रन) ले शतकीय पालि खेले। 

पहिलो पालिमा पनि चार विकेट लिने सिराज नै प्लेअर अफ दी म्याच बने। भारतका कप्तान शुभमन गिल र इङ्ग्ल्यान्डका ब्रुक  संयुक्त रूपमा प्लेअर अफ सिरिज चुनिए। 

धेरै पढिएको