News Desk
नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरणकुमार चेम्जोङ बंगलादेशको शीर्ष डिभिजन क्लब बंगलादेश पुलिस क्लबमा अनुबन्धित भएका छन ।
३५ वर्षीय किरण लामो समय क्लबविहीन रहँदै आएका थिए । यो उनको चौथो विदेशी क्लब हो । नेपालका लागि १ सय ४ अन्तर्राष्ट्रिय क्याप जितिसकेका किरणले यसअघि माल्दिभ्सको ट्रस्ट एन्ड केयर स्पोर्ट्स क्लब, माजिया क्लब र भारतको मिनर्भा पञ्जाबबाट खेलिसकेका छन ।
सन २००७ देखि राष्ट्रिय टोलीको पोस्ट सम्हाल्दै आएका किरण अब आफ्नै सहखेलाडी आयुष घलानसँगै लिग खेल्नेछन । हालै बंगलादेश पुलिस क्लबमा अनुबन्धित भएका २१ वर्षीय घलानको यो पहिलो विदेशी क्लब हो ।