नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले अस्ट्रेलियामा थप पाँच अभ्यास खेलकाे सिरिज खेल्ने
News Desk
Aug-15 , 2025 तारिख 11:57 बिहान

काठमाडौं। अस्ट्रेलियामा रहेकाे नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले थप पाँच अभ्यास खेलकाे सिरिज खेल्ने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार क्रिकेट एसिटी र साउथ अस्ट्रेलियासँग टोलीले सिरिज खेल्न लागेको जानकारी दिएको हो। सिरिज २६ देखि ३० अगस्टसम्म हुनेछ।

नेपालले अगस्ट २६ मा एसिटी र अगस्ट २८ मा साउथ अस्ट्रेलियायासँग समान दुई टी–२० खेल्नेछ।

नेपालले अगस्ट ३० मा साउथ अस्ट्रेलियासँगै एकदिवसीय खेल खेल्ने तय छ। यो अभ्यास सिरिजअघि नेपालले टप एन्ड टी–२० सिरिज पनि खेल्नेछ।

धेरै पढिएको