News Desk
सविताले ४८३ अंकसहित स्वर्ण जित्दा, सोही समूहमा प्रतिस्पर्धा गरेकी पुनम बोमजनले ४३६ अंकसहित रजत तथा प्रेमिका बिष्टले ४११ अंकसहित कांस्य पदक हात पारे। अल्बिनाले भने स्क्वाड, बेन्च प्रेस र डेडलिफ्ट गरेर कुल ३६९ केजी भार उचाल्दै पहिलो स्थान सुरक्षित गरिन्। यस समूहमा भेषकुमारी अस्लामीले ३५५ केजीसहित रजत र महिमा सिन्तानले ३३५ केजीसहित कांस्य जिते।
महिला मास्टर्स ६४ केजी तौल समूहमा पुनम बोमजनले स्वर्ण र प्रेमिका बिष्टले रजत जिते। पुनमले ३४१ केजी र प्रेमिकाले ३२१ केजी भार उचालेका थिए। त्यस्तै मास्टर्स ७२ केजी तौलसमूहमा नेपालकी भेषकुमारी अस्लामीले ३५५ केजी उचाल्दै स्वर्ण जितिन् भने भारतकी रेन्जु भर्घेसले २०७ केजी उचाल्दै रजतमा सीमित रहिन्।
पुरुषतर्फ पनि नेपालले स्वर्ण जित्न सफल भएको छ। जुनियर ६९ केजी तौल समूहमा भारतका पर्थ कृष्णले स्वर्ण जिते भने सोही तौलसमूहको मास्टर्सतर्फ नेपालका डा. जितेन्द्र शाह विजयी भए। साथै, मास्टर्स ४५–४९ वर्ष समूहमा बालकृष्ण तण्डुकार (६९ केजी) र ज्ञान रत्न शाही (९४ केजी) ले पनि स्वर्ण जिते।
खुला पुरुष ६२ केजी तौल समूहमा नेपालका किरण सुवालले स्वर्ण पदक जित्दै घरेलु दर्शकलाई खुशी पारे l