News Desk
काठमाडौं। मंसिर १ गतेदेखि दाेस्राे संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुने भएको छ।
आयोजक नेपाल क्रिकेट संघ (क्यान)का अनुसार प्रतियोगिता मंसिर १ देखि २७ गतेसम्म हुन लागेको हो।
पहिलो संस्करणको प्रतियोगिता २०८१ मंसिर १५ देखि पुस ६ गतेसम्म त्रिवि क्रिकेट मैदानमा भएको थियो।
फाइनलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै उपाधि उचालेकाे थियो।