नेपाली राष्ट्रिय क्रिकेट टिमले अस्ट्रेलियामा पाँच अभ्यास खेल खेल्ने
News Desk
Aug-26 , 2025 तारिख 06:36 बिहान

नेपाली राष्ट्रिय क्रिकेट टिमले अस्ट्रेलियामा पाँच अभ्यास खेल खेल्ने भएको छ।

क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) का अनुसार, आगामी आइसीसी टी–२० विश्वकप एसिया छनोट को तयारी स्वरूप नेपाली टोली आजदेखि अभ्यास खेलमा उत्रिनेछ। टिमले अस्ट्रेलिया क्रिकेट एसिटी र साउथ अस्ट्रेलियाविरुद्ध प्रतिस्पर्धा गर्ने कार्यक्रम तय गरिएको छ।

आज (भाद्र १०) नेपाली टोलीले क्रिकेट एसिटीसँग दुईवटा टी–२० खेल खेल्नेछ। पहिलो खेल बिहान पौने ७ बजे र दोस्रो खेल बिहान पौने १० बजे नेपाली समय अनुसार सुरु हुने क्यानले जनाएको छ।

यसपछि, नेपाली टोलीले अगस्त २८ मा साउथ अस्ट्रेलियाविरुद्ध दुईवटा टी–२० खेल्नेछ, जुन पनि बिहानको समयमा नै हुनेछ। त्यसैगरी, अगस्ट ३० मा एकदिवसीय (ओडी) अभ्यास खेल हुने तय भएको छ। उक्त खेल नेपाली समयअनुसार बिहान ६ बजेदेखि सुरु हुनेछ।

धेरै पढिएको