नेपाल र वेस्ट इन्डिजबीच युनिटी टी–२० सिरिजको दोस्रो खेल आज राति
News Desk
Sep-29 , 2025 तारिख 01:04 बेलुका

नेपाल र वेस्ट इन्डिजबीच जारी युनिटी टी–२० सिरिजको दोस्रो खेल आज राति हुनेछ। यो खेल युएईको शारजहा क्रिकेट स्टेडियममा नेपाली समय अनुसार राति १२ः१५ बजे (सवा १२ बजे) सुरू हुनेछ।

नेपालले सिरिजको पहिलो खेलमा वेस्ट इन्डिजलाई १९ रनले हराउँदै १–० को अग्रता लिएको छ। यो जितसँगै नेपालले टेस्ट खेल्ने राष्ट्रलाई पहिलो पटक पराजित गर्ने ऐतिहासिक सफलता हात पारेको थियो।

नेपाल आजको खेलमा पनि विजयी भए सिरिज आफ्नो पक्षमा पार्नेछ। सिरिजको तेस्रो र अन्तिम खेल मंगलबार खेलिने तय भएको छ।

यस सिरिजका लागि कप्तान रोहित पौडेलको नेतृत्वमा १६ सदस्यीय नेपाली टोली युएई पुगेको छ र उत्कृष्ट प्रदर्शनका लागि तयारीरत छ।

धेरै पढिएको