मलेसियामा स्वर्ण जितेकी कराते खेलाडी एरिका गुरुङको त्रिभुवन विमानस्थलमा भव्य स्वागत
News Desk
Oct-10 , 2025 तारिख 12:31 बेलुका

काठमाडौं | मलेसियामा सम्पन्न “W.K.F. Karate 1 Series A” प्रतियोगितामा ६८ केजीमाथि तौल समूहमा स्वर्ण पदक जित्न सफल नेपाल प्रहरीकी खेलाडी एरिका गुरुङलाई  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ।

गुरुङले नेपालको तर्फबाट उत्कृष्ट प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय स्तरमा स्वर्ण पदक जितेकी हुन्। उनको ऐतिहासिक सफलताले नेपाली करातेमा नयाँ उचाइ जोडेको खेलकुद क्षेत्रमा सराहना गरिएको छ।

नेपाल प्रहरीका प्रतिनिधिहरू, खेलकुद संघका अधिकारी, प्रशिक्षक, खेलकर्मी तथा शुभेच्छुकहरू विमानस्थलमा उपस्थित भई एरिकालाई फूलमाला र सम्मानसहित स्वागत गरेका थिए।

स्वर्ण पदकसँगै एरिकाले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली खेलकुदको प्रतिष्ठा वृद्धि गरेकी छन्। उनले सफलताको श्रेय आफ्नो कडा परिश्रम, प्रशिक्षकको मार्गदर्शन र संस्थाको सहयोगलाई दिएकी छन्।

नेपाल प्रहरीका वरिष्ठ अधिकारीहरूले एरिकाको उपलब्धिलाई संस्थाको गौरवको रूपमा लिँदै आगामी दिनमा पनि यस्तै उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा व्यक्त गरेका छन्।

धेरै पढिएको