News Desk
तनहुँ, १ मसिर । तनहुँका युवाहरूमा यतिवेला व्याडमिन्टन खेलप्रति निकै आक्रषण वढेकाे छ । तनहुँकाे शदरमुकाम दमाैलि, शुक्लागन्डकि नगरपालिकाकाे दुलेगौंडा, खैरेनीटार, गाछेपानि, भिमाद नगरपालिकाकाे भिमाद वजार, म्याग्दे गाउँ पालिकाकाे थर्पु,थयरेमा व्याडमिन्टन खेलका लागि कभर्डहल वनेपछि खेलखेल्न युवाहरूकाे आक्रषण वढेकाे हाे । नियमित रूपमा विहानदेखि रातिसम्म फुर्सदको समयमा आफुलाई स्वास्थ्य र तन्दुरुस्त राख्नका लागि युवाहरू जाेडि मिलाएर व्याडमिन्टन खेल्ने गर्दछन । यस खेल निकै महगाे खेल भएपनि तनहुँका युवाहरूमा रूचिकाे पहिलाे वन्ने गरेकाे खेलाडीहरूले वताएका छन् । युवाहरू ४ जनाकाे जाेडि मिलाएर खेल्न सकिने र छाेटाे समयमा धेरै पसिना आउने भएकाले यसखेलमा युवाहरू पछिल्लाे समयमा आक्रषण वढेकाे प्रशिक्षक तथा खेलाडि विपिन घले वताउनुहुन्छ । तनहुँका स्थानिय तहहरूले लगानी गरेर कभर्डहल निर्माण गरेपछि भित्र खेल्ने खेल भएकाले हावा,पनि,घाम तथा अन्य समयमा पनि यस खेल खेल्न सकिने व्यासनगरपालिकाका याेजना शाखा प्रमुख भेषराज तिवारी बताउनुहुन्छ । तनहुँकाे शदरमुकाम दमाैलीमा युवा खेलाडि नरेन्द्र कुमार श्रेष्ठले आफ्नाे हजुरवुवाकाे सम्झनामा स्वार्गिय मनी सुन्दर श्रेष्ठ स्मृति कप व्याडमिन्टन प्रतियोगिताकाे आयाेजना गर्दा ७६ टिमले सहभागिता जनाएका थिए । तनहुँको बाह्रबिसे युवा क्लवको आयोजनामा यहि कार्तिक २८ र २९ गते दमौलीमा सप्पन्न स्व. मनि सुन्दर स्मृति तनहु २०८२ कपमा डि लेभल तर्फ ५७ टिम मध्येवाट दमाैलिका प्रदिप न्याैपाने र सुर्य वहादुर क्षेत्रिले ब्याडमिन्टन प्रतियोगिताको प्रथम उपाधि हात पार्न सफल भएका थिए । प्रथमलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरि कार्यालय तनहुँका प्रमुख टेक वहादुर कार्कीले नगद २० हजार, प्रमाणपत्र, ट्रफि र मेडल हस्तान्तरण गर्नुभएकाे थियाे । त्यस्तै, प्रतियाेगितामा वि लेवलकाे खेलमा २७ टिमले सहभागीता जनाएकाेमा भिमादका सराेज गुरूग र सुरज रानाकाे टिमले प्रथम उपाधि हात पारेकाे छ । रानाकाे टिमले नगद ३० हजार, ट्रफि,मेडल र प्रमाणपत्र पाएकाे छ । यसरी तनहुँ जिल्लामा व्याडमिन्टन खेलकाे आयाेजना गर्दा यति धेरै सख्यामा जिल्लाका मात्र टिमले भाग लिएकाे याे पहिलाे खेल रहेकाे खेलाडी रामकृष्ण क्षेत्रि वाउनुहुन्छ । स्थानिय तहले खेलाउनु पर्ने खेल व्याक्तिले खेलाएर जिल्लाका खेलाडीकाे प्रतिभा परिक्षण गरेकाेमा निकै खुसि हुनुभएकाे छ खेलाडि ग्रेनडिप्लाेमेन्ट वैक तनहुका प्रमुख सुदिप न्याैपाने । यसरी आयाेजित खेल हेर्दा झन खेलमा रुचि वढेकाे न्याैपाने बताउनुहुन्छ । जिल्लकाे म्याग्दे गाउँपालिकाले थर्पुमा म्याट सहितकाे र धयरेमा कभर्डहल निर्माण सम्पन्न गरि खेललाई निरन्तरता दिएकाे म्याग्दे गाउँ पालिका वडा न ४ का वडाअध्यक्ष दिपक कुमार श्रेष्ठ बताउनुहुन्छ । स्थानिय सरकार यतिवेला युवालाई आक्रषण गर्न विद्यालयका वालवालिकालाई समेत समावेस गरि प्रतियाेगिता आयाेजना गर्ने तयारि गरेकाे श्रेष्ठ बताउनुहुन्छ ।
