वर्षाका कारण पाकिस्तान–न्युजिल्यान्ड खेल रद्द, दुवै टोलीले एक–एक अंक पाए
News Desk
Feb-22 तारिख 07:09 बिहान

आईसिसी विश्वकप क्रिकेटअन्तर्गत सुपर एट चरणको उद्घाटन खेल वर्षाका कारण रद्द भएको छ। पाकिस्तान र न्युजिल्यान्डबीच हुने तय भएको खेल अविरल वर्षाका कारण सञ्चालन हुन नसकेपछि दुवै टोलीले एक–एक अंक बाँडेका छन्।

कोलम्बोमा निर्धारित खेलका लागि पाकिस्तानका कप्तान सलमान आगाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका थिए। तर टस भएको केही समयमै वर्षा सुरु भएपछि मैदान ढाक्न कभर लगाइएको थियो र लामो प्रतीक्षापछि खेल रद्द गर्ने निर्णय गरिएको हो।

पाकिस्तान र न्युजिल्यान्ड समूह–२ मा रहेका छन्। यस समूहमा इङ्ल्यान्ड र सह–आयोजक श्रीलंका पनि समावेश छन्। समूह–२ का सबै खेलहरू श्रीलंकामै सञ्चालन हुनेछन्।

सुपर एट चरणको सुरुवात रोमाञ्चक प्रतिस्पर्धाको अपेक्षासहित भएको भए पनि उद्घाटन खेल वर्षाले प्रभावित बनाएको छ। अब समूहका आगामी खेलहरूमा टोलीहरूले सेमिफाइनलको सम्भावना बलियो बनाउन कडा प्रतिस्पर्धा गर्नेछन्।

धेरै पढिएको