सुपर–८ मा इङ्ल्याण्डको विजयी सुरुआत, श्रीलङ्कामाथि ५१ रनको जित
News Desk
Feb-23 तारिख 05:31 बिहान

आईसिसी विश्व​कप​ क्रिकेट​ अन्तर्गत  सुपर–८ चरणको खेलमा इङ्ल्याण्डले प्रभावशाली जित दर्ता गरेको छ। सुपर–८ को उद्घाटन खेलमा इङ्ल्याण्डले श्रीलङ्कालाई ५१ रनले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो।

इङ्ल्याण्डले दिएको १४७ रनको लक्ष्य पछ्याएको श्रीलङ्का १६ ओभर ४ बलमा मात्र ९५ रनमा अलआउट भयो। लक्ष्य पछ्याउने क्रममा श्रीलङ्काका ब्याट्सम्यानहरूले निरन्तर विकेट गुमाएका कारण टोली ठूलो अन्तरले हार व्यहोर्न बाध्य भयो।

यसैबीच सुपर–८ अन्तर्गत अर्को खेल अहमदाबादमा जारी छ, जहाँ घरेलु टोली भारत र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा भइरहेको छ। भारत समूह ‘ए’ को विजेता र दक्षिण अफ्रिका समूह ‘डी’ को शीर्ष स्थानमा रहँदै सुपर–८ चरणमा प्रवेश गरेका हुन्।

सुपर–८ चरणमा कुल आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ, जसमा प्रत्येक समूहमा चार–चार टोली रहेका छन्। प्रत्येक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्।

प्रतियोगिताको १०औँ संस्करणको फाइनल खेल आउँदो मार्च ८ मा आयोजना हुने तालिका रहेको छ।

धेरै पढिएको