डिशहोमको एक्सन स्पोर्टसबाट युरोकप र कोपा अमेरिका फुटबल 
News Desk
Jun-14 , 2021 तारिख 09:14 बेलुका

 

काठमाडौं- नेपालको एकमात्र डिटिएच सेवा प्रदायक कम्पनी डिशहोमको आफ्नै च्यानल एक्सन स्पोर्टस मार्फत युरोकप २०२० प्रशारण गरिरहेको छ । यससँगै कोपा अमेरिका २०२१ पनि प्रत्यक्ष प्रशारण गर्ने भएको छ । 

जुन १४ बाट सुरु भएको कोपा अमेरिकामा दक्षिण अमेरिकी देशका १० राष्ट्र सहभागी छन् । नेपाली समय अनुसार मध्यरात तथा विहानी पख हुने खेलहरु डिशहोमको रियालिटी टि.भि.तथा एक्सनस्पोर्टस् एचडीमा हेर्न सक्ने डिसहोम नेटवर्कले जनाएको छ । 

डिशहोमबाट हुने युरो कपको प्रत्यक्ष प्रसारण नेपाली र अंग्रजी दुबै भाषामा कमेन्ट्री सुन्न सकिनेछ ।  इन ब्युल्ट भाषा चाहि अंग्रजी कमेन्ट्री हुनेछ । तर ग्राहकले रिमोटबाट नेपाली भाषामा समेत कमेन्ट्री हेर्न सक्छन् ।’ डिशहोमका ग्राहकले रिमोटमा रहेको पहेलो रंगको अडियो बटनमा थिचेर नेपाली भाषामा कमेन्ट्री हेर्न सक्ने छन् । त्यहाँ अंग्रजीमा आइरहेको छ भने अडियो बटन थिचेपछि नेपाली आउँछ र नेपालीमा आइरहेको छ भने अंग्रेजीमा आउँछ ।

डिशहोमको एक्सन स्पोर्ट्स च्यानल अरू केबल अपरेटरहरुमा पनि उपलब्ध रहेको छ । त्यहाँ पनि रिमोटमा अडियो परविर्तन गर्न सक्ने सुवधिा भए भाषा परविर्तन गर्न सकिन्छ।

डशिहोमको एक्सन इस्पोर्ट्स एचडी च्यानल क्लयिर टिभी (च्यानल नम्बर ५४३०, सीम टिभी )च्यानल नम्बर १०५र९९१०, मेरो टिभी (च्यानल नम्बर ९०००, नेट टिभी) च्यानल नम्बर ५२९०, डओिइएन  टिभी (च्यानल नम्बर ४२००० र प्रभु टिभी )च्यानल नम्बर ७१६० बाट पनि हेर्न सकिने छ ।साथै डशिहोमको च्यानल नम्बर १०५ मा एसडी र ९९१ मा एचडी क्वालटिीमा एक्सन स्पोर्ट्स च्यानल हेर्न सकिने छ ।

युरो कप सन् २०२० मा सञ्चालन गर्ने तय भएको थियो । तर कोरोना महामारीका कारण स्थगति भएपछि सन् २०२१ मा शुरू भएको हो ।युरो कप २०२१ जुन ११ देखि जुलाई ११ सम्म हुँदैछ ।युरो कपमा कुल २४ टिमले प्रतस्पिर्धा गर्दैछन् । त्यसमा ९ टिम पूर्व विजेता रहेका छन् ।

 

धेरै पढिएको