अमेरिकामा हेलेन आँधीका कारण कम्तीमा २१० जनाको मृत्यु
News Desk
Oct-05 , 2024 तारिख 12:42 बेलुका

अमेरिकामा हेलेन आँधीका कारण कम्तीमा २१० जनाको मृत्यु भएको छ। भौतिकरूपमा व्यापक क्षति पुगेको छ। 

आँधीबाट नर्थ क्यारोलिनामा हेलेनका कारण सबैभन्दा बढी क्षति पुगेको छ। नर्थ क्यारोलिनामा हेलेनका कारण आधाभन्दा बढी मानिसको मृत्यु भएको छ। हेलेन सन २००५ मा आएको क्याट्रिना आँधीपछिको सबैभन्दा घातक आँधी साबित भएको छ। 

सन २००५ मा यहाँ आँधीबेहरीका कारण एक हजार ८०० भन्दा बढीको मृत्यु भएको थियो। आँधी आएको करिब एक साता बितिसक्दा पनि त्यस क्षेत्रमा सयौं मानिस हराइरहेका छन भने करिब आठ लाख घर अझै पनि विद्युतविहीन छन। 

उद्धारकर्ताले आँधीबाट बचेकाहरूको खोजी कार्य जारी राखेका छन। 

​​​​​

Related Post