'उनीहरू युद्धविराम अघि बलियो स्थिति चाहन्छन्’ : जेलेन्स्की
News Desk
Mar-16 , 2025 तारिख 12:32 बेलुका

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले शनिबार रुसले युक्रेनमा युद्धविराम गर्नुअघि सैन्य रूपमा ‘बलियो स्थिति’ हासिल गर्न चाहेको प्रतिक्रिया दिएका छन्।

यो हप्ताको सुरुमा संयुक्त राज्य अमेरिकाले प्रस्ताव गरेको ३० दिने युद्धविराममा रुस तुरुन्तै सहमत भएन किनकी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पहलको बारेमा प्रश्न उठाउनुभएको छ ।

‘उनीहरू युद्धविराम अघि बलियो स्थिति चाहन्छन्’, जेलेन्स्कीले किएभमा एक पत्रकार सम्मेलनमा भने, ‘मलाई लाग्छ प्रक्रियाको ढिलाइ मैले भनेको कुराकै कारणले हो । उनीहरू युद्धक्षेत्रमा आफ्नो स्थिति सुधार गर्न चाहन्छन्।’ युक्रेनमा आक्रमण गरेको तीन वर्षपछि रुसले मोर्चाका धेरै क्षेत्रमा गति लिएपछि युद्धविरामको प्रस्ताव आएको हो।

मस्कोले रुसको कुर्स्क क्षेत्रका भागहरूबाट युक्रेनी सेनालाई पनि हटाएको छ । त्यहाँ युक्रेनले गत गर्मीमा आश्चर्यजनक आक्रमण गरेको थियो ।

जेलेन्स्कीले युद्धविराममा सहमत नभएर पुटिन ट्रम्पको विरुद्ध पनि जाँदै गरेको भन्दै मस्कोमाथि युद्ध समाप्त नगर्ने तरिकाहरू खोज्ने प्रयास गरेको आरोप लगाए।

Related Post