News Desk
इटालियन–सेनेगाली टिकटक स्टार खाबी लामे अमेरिकाबाट निष्कासित, स्वेच्छिक प्रस्थानका आधारमा देश बाहिरिए
टिकटकमा मौन तर व्यंज्ञ्ात्मक अभिव्यक्तिका लागि विश्वभर चर्चित बनेका इटालियन–सेनेगाली कन्टेन्ट क्रिएटर खाबी लामेलाई अमेरिकी भिसा अवधि नाघेको आरोपमा अमेरिकाबाट निष्कासित गरिएको छ। तर, उनलाई औपचारिक रुपमा निष्कासन नगरी स्वेच्छिक रूपमा अमेरिका छोड्न अनुमति दीएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन।
२५ वर्षीय लामे अप्रिल ३०, २०२५ मा अमेरिका प्रवेश गरेका थिए। तर भिसा अवधि सकिएपछि पनि अमेरिका बसेको पाइएपछि जुन ६ मा नेभाडाको लास भेगासस्थित ह्यारी रेड अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिकी आप्रवासन तथा सीमा सुरक्षा एजेन्सी (ईचै) ले उनलाई नियन्त्रणमा लिएको थियो।
नियन्त्रणमा लिएको केही घण्टामै ईचै ले लामेलाई स्वेच्छिक प्रस्थानको प्रक्रिया अन्तर्गत रिहा गरेको थियो। यसले उनलाई औपचारिक रुपमा निष्कासित गरिएको होइन भन्ने देखाउँछ, किनभने स्वेच्छिक प्रस्थान कानुनी रूपमा निष्कासनभन्दा फरक मानिन्छ।
खाबी लामेले हालसम्म यसबारे सार्वजनिक टिप्पणी गरेका छैनन। तर अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका कान्छा छोरा ब्यारोन ट्रम्पका निकट मित्र तथा सामाजिक सञ्जाल इन्फ्लुएन्सर बो लोउडनले एक्समार्फत घटनाको खुलासा गरेका थिए। लोउडनले लामेलाई ंअवैध विदेशीं भन्दै उनी भिसा अवधि नाघेको जानकारी आफूले सम्बन्धित निकायलाई दिएको दाबी समेत गरेका छन।
खाबी लामे सन २००० को मार्च ९ मा जन्मिएका हुन। उनी कोभिड महामारीका बेला जागिर गुमेपछि सामाजिक सञ्जालमार्फत चर्चामा आएका थिए। बोल्नेभन्दा हाउभाउमार्फत हास्य सिर्जना गर्ने शैलीमा उनी माहिर छन।
सन २०२२ मा उनले चार्ली डी अमेलियोलाई पछि पार्दै टिकटकमा सबैभन्दा धेरै फलोअर्स भएका स्रष्टा बन्ने सफलता प्राप्त गरेका थिए। हाल उनको टिकटकमा १६ करोड २० लाखभन्दा बढी फलोअर्स छन।
पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पुनः सत्तामा आएपछि अमेरिकी आप्रवासन नीति अझ कडा बनाइएको छ। अवैध आप्रवासीहरू विरुद्ध ईचै को धरपकड तीव्र बनाइएको छ, जसको विरोधमा गत शुक्रबारदेखि लस एन्जलस लगायतका सहरहरू अशान्त छन।