इजरायली दुई मन्त्रीमाथि बेलायतको यात्रा प्रतिबन्ध, सम्पत्ति समेत जफत गरिने
News Desk
Jun-11 , 2025 तारिख 12:21 बेलुका

लन्डन, जून १० – बेलायतले कब्जा गरिएको वेस्ट बैंकमा प्यालेस्टिनी समुदायमाथि हिंसा उक्साएको आरोपमा इजरायलका दुई शीर्ष मन्त्रीलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको छ।

इजरायली सुरक्षा मन्त्री इटामार बेन-ग्विरअर्थमन्त्री बेजालेल स्मोट्रिचलाई बेलायती सरकारले यात्रा प्रतिबन्ध लगाउनुका साथै बेलायतस्थित सम्पत्ति जफत गर्ने निर्णय गरेको हो।

बेलायती विदेशमन्त्री डेभिड लामीले मंगलबार उक्त प्रतिबन्ध घोषणा गर्दै, "यी नेताहरूले वेस्ट बैंकमा बारम्बार हिंसा भड्काउने, चरमपन्थी गतिविधि उक्साउने र प्यालेस्टिनी नागरिकका मानवअधिकार गम्भीर रूपमा उल्लंघन गर्ने कार्यमा संलग्नता देखाएका छन्," भन्ने आरोप लगाए।

यस निर्णयप्रति प्रतिक्रिया दिँदै इजरायली सरकारले भने “निर्वाचित प्रतिनिधि र सरकारका सदस्यविरुद्ध यस्ता प्रतिबन्ध लगाउनु अस्वीकार्य र अपमानजनक” भन्दै आलोचना गरेको छ।

बेलायतको यो कदम नर्वे, अस्ट्रेलिया, क्यानडा र न्युजिल्यान्ड सहित पाँच देशको संयुक्त कारबाहीको अंश हो। यसै क्रममा गाजा युद्धमा यी मन्त्रीहरूको मानविक सहायता नदिने अडानप्यालेस्टिनीहरूको क्षेत्र बाहिर पुनर्वासको पक्षमा दिएको अभिव्यक्तिलाई लिएर पनि तीव्र आलोचना हुँदै आएको छ।

इजरायली सरकारभित्र समेत यी दुई मन्त्रीको कट्टर धारणा र अभिव्यक्तिलाई लिएर विवाद चुलिएको छ, जसले हालको इजरायल–प्यालेस्टाइन द्वन्द्वलाई झन जटिल बनाइरहेको विश्लेषकहरूले बताएका छन्।

धेरै पढिएको