News Desk
भारतको केरला स्थित तिरुवनन्तपुरम विमानस्थलमा एक महिनाभन्दा बढी समयदेखि अलपत्र बेलायती लडाकु विमान अन्ततः मंगलबार उडेको छ। मर्मत पछि लडाकु विमानले उडान भएको हो ।
समाचार एजेन्सी पीटीआईका अनुसार, यो बेलायती लडाकु विमान अस्ट्रेलियाको डार्विन प्रस्थान गरेको हो।
यसअघि विमानलाई ह्याङ्गरबाट निकालेर सोमबार विमानस्थलको खाडीमा ल्याइएको थियो। जुन १४ मा केरलाको तिरुवनन्तपुरम विमानस्थलमा आपत्कालीन अवतरण गरेको बेलायती लडाकु विमान एफ-३५बी बिग्रिएपछि थन्केर बसेको थियो।
यसपछि जुलाईको पहिलो साता मर्मतका लागि बेलायती इन्जिनियरको १४ सदस्यीय टोली केरलाको तिरुवनन्तपुरम अन्तर्राष्ट्रिय विमानस्थल आएको थियो।