News Desk
न्यूयोर्कबाट फ्लोरिडाको सारासोटा जाँदै गरेको जेटब्लूको उडान १६३ मा सवार एक जोडीले उडानको क्रममा विमानभित्रै सार्वजनिक रूपमा यौन सम्पर्क गरेको आरोप लागेपछि उनीहरूलाई फ्लोरिडा ओर्लनासाथ प्रहरीले पक्राउ गरेको छ। कनेक्टिकट राज्यको ड्यानबरी निवासी ४३ वर्षीया ट्रिस्टा एल. रेली र ४२ वर्षीय क्रिस्टोफर ड्र्यु अर्नोल्डलाई “नाबालकको उपस्थितिमा लज्जास्पद यौन गतिविधि प्रदर्शन” (lewd or lascivious exhibition in presence of minors) गरेको अभियोगमा पक्राउ गरिएको हो।
उक्त जोडीको गतिविधि विमानमा सवार एक आमाका दुई नाबालक छोराछोरीले देखेका थिए र ती आमाले चालकदललाई तत्काल जानकारी गराएकी थिइन्। चालकदलकी एक सदस्यले पनि रेलीलाई अर्नोल्डको काखमा अनुहार झुकाएर "माथि–तल्लो गतिविधि" गरिरहेको देखेको पुष्टि अदालतमा पेश गरिएको प्रतिवेदन (अफिडेविट) मा उल्लेख छ। ती बच्चाहरूले दृश्य आफैंले देखेको बताएका छन् भने ती आमाले रेलीले बच्चाहरू हेरेको थाहा पाएपछि पनि व्यवहार नरोकेको गुनासो गरेकी थिइन्।
विमान सारासोटा–ब्राडेन्टन इन्टरनेशनल एयरपोर्टमा अवतरण गरेपछि स्थानीय प्रहरीले उनीहरूलाई विमानमै समातेको थियो। रेली र अर्नोल्डलाई सारासोटा काउन्टी जेलमा राखिएको थियो र २१ जुलाईमा अदालतमा उपस्थित गराइएको थियो। दुबै जनालाई बिना जमानत रिहा गरिएको छ भने अगष्ट १५ तारिखमा अर्को सुनुवाइ तोकिएको छ।
JetBlue एयरलाइन्सले घटनालाई पूर्ण रूपमा अस्वीकार्य बताउँदै, सम्बन्धित जोडीमाथि भविष्यमा उनीहरूको विमान सेवा प्रयोग गर्न प्रतिबन्ध लगाएको जनाएको छ। सार्वजनिक स्थानमा यौन सम्पर्क गर्नुलाई सामान्यतः “माइल-हाइ क्लब” सँग जोडिए तापनि – यस घटनामा बच्चाहरूको उपस्थितिमा यस्तो गतिविधि हुनु गम्भीर सामाजिक र कानूनी मुद्दा बनिएको हो।
अमेरिकी सञ्चारमाध्यमहरूले व्यापक रूपमा प्रकाशन गरेका यो घटनाले सार्वजनिक स्थलमा यौन गतिविधिको कानुनी र नैतिक सीमाको बहससमेत उठाएको छ।