News Desk
बंगलादेशको अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले मंगलबार राष्ट्रलाई सम्बोधन गर्दै देशमा चुनाव गर्ने महिना उल्लेख गरेका छन।
उनले प्रमुख निर्वाचन आयुक्तलाई पत्र लेखेर अर्को वर्ष रमजानअघि फेब्रुअरीमा चुनाव गराउन अपिल गर्ने बताएका हुन।
मोहम्मद युनुसले बंगलादेशमा शेख हसिनाको सरकारको पतनको एक वर्ष पूरा भएको अवसरमा राष्ट्रलाई सम्बोधन गरेका हुन।
विद्यार्थी आन्दोलनका कारण ५ अगस्ट २०२४ मा बंगलादेशका तत्कालीन प्रधानमन्त्री शेख हसिना देश छाडेर भाग्न बाध्य भएकी थीन। त्यसयता उनी भारतको शरणमा छिन।
यसको एक वर्ष पूरा भएको अवसरमा मंगलबार बंगलादेशमा जुलुसमा निकालिएको थियो। एजेन्सी