भारतको उत्तराखण्ड राज्य अन्तर्गत उत्तरकाशी जिल्लाको धराली गाउँमा आएको भीषण बाढीले ठुलो क्षति
News Desk
Aug-06 , 2025 तारिख 12:30 बेलुका

भारतको उत्तराखण्ड राज्य अन्तर्गत उत्तरकाशी जिल्लाको धराली गाउँमा आएको भीषण बाढीले ठुलो क्षति पुर्‍याएको छ। आकाशबाट अचानक खसेको भारी वर्षाले नदीमा आएको बाढीले दर्जनौं घर, पसल र होटेल बगाएको छ।

घटनामा कम्तीमा ४ जनाको ज्यान गएको पुष्टि भएको छ भने १०० जना अझै बेपत्ता छन्। सेनासहितको उद्धार टोली खटिएको छ र स्थानीयलाई सुरक्षित स्थानमा सार्ने कार्य भइरहेको छ। मौसम विभागले अझै भारी वर्षाको सम्भावना बताउँदै सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रारम्भिक अनुसन्धान अनुसार बाढीको कारण हिमनदी वा ताल फटना हुन सक्ने अनुमान गरिएको छ। प्रधानमन्त्री मोदीले समवेदना प्रकट गर्दै राहत र उद्धारमा केन्द्र सरकार पूर्णरूपमा सहयोग गर्ने आश्वासन दिएका छन्।

धेरै पढिएको