News Desk
मेलानिया ट्रम्प अलास्का भ्रमणमा सहभागी नभए पनि, उनले लेखेको पत्रमार्फत युद्धग्रस्त बालबालिकाको अवस्था प्रति चिन्ता व्यक्त गरेकी हुन्। पत्रमा विशेषगरी युद्धको क्रममा भइरहेको बालबालिकाको अपहरण र देशनिकालको प्रसंग जोडिएको अधिकारीहरूले बताएका छन्।
युक्रेन सरकारका अनुसार, २०२२ फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गरेयता कम्तीमा १९ हजार ५०० बालबालिकालाई जबरजस्ती रुस वा कब्जा गरिएको क्षेत्रमा लगिएको छ। यस घटनालाई लिएर अन्तर्राष्ट्रिय फौजदारी अदालत (ICC) ले २०२३ मा पुटिन र उनका बाल अधिकार आयुक्त मारिया ल्वोभा–बेलोभामाथि बालबालिकालाई गैरकानुनी रूपमा देशनिकाल गरेको अभियोगमा पक्राउ पुर्जी जारी गरेको थियो।