News Desk
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाले अघि सारेको शान्ति प्रस्ताव अस्वीकार गरेको दाबी सही नभएको स्पष्ट गरिएको छ। राष्ट्रपति पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले अमेरिकी राजदूत स्टीभ विटकफसँगको भेटबारे आएका व्याख्यालाई तथ्यहीन बताउँदै, वार्तामा विभिन्न बिषयमा सामान्यरूपमा विचार विमर्श मात्र भएको बताए।
मंगलबार अमेरिकी विशेष दूत स्टिभ विटकफ र तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनरले क्रेमलिनमा पुटिनसँग भेट गरी रुस युक्रेन युद्ध अन्त्यका उपायबारे छलफल गरेका थिए।
पेस्कोभका अनुसार, “वार्तामा केही प्रस्तावहरू स्वीकार्य लागेका थिए भने केही पक्षमा सहमति बन्न सकेन। यस्तो प्रकारको चर्चा स्वाभाविक हो र कुनै पनि सम्भावित सहमतितर्फ जान यस्तो संवाद आवश्यक हुन्छ,” उनले पत्रकारसँग भने।
उनले पाँच घण्टा लामो भेटवार्ताको विस्तृत विवरण सार्वजनिक गर्न भने अस्वीकार गरे।