हङकङका पूर्व मिडिया टाइकुन जिमी राष्ट्रिय सुरक्षा सम्बन्धी दुईवटा अभियोगमा दोषी ठहर
News Desk
Dec-16 , 2025 तारिख 08:19 बिहान

हङकङका पूर्व मिडिया टाइकुन जिमीलाई राष्ट्रिय सुरक्षा सम्बन्धी दुईवटा अभियोगमा दोषी ठहर गरिएको छ।

सोमबारको फैसलापछि जिमीलाई आजीवन कारावासको सजाय हुन सक्ने सम्भावना व्यक्त गरिएको छ। हङकङको राष्ट्रिय सुरक्षा अदालतले उनलाई विदेशी शक्तिसँग मिलेर राष्ट्रिय सुरक्षामा खतरा सिर्जना गर्ने षडयन्त्रमा संलग्न भएको आरोपमा दोषी ठहराएको हो।

विदेशी शक्तिसँग मिलेर चीनविरुद्ध कारबाही गर्न अमेरिकी अधिकारीहरूसँग अनुरोध गरेको र अन्तर्राष्ट्रिय दबाब सिर्जना गरी चीन तथा हङकङ सरकारलाई कमजोर पार्ने प्रयास गरेको आरोप पनि लागेका छन्। साथै, देशभित्र प्रजातन्त्र समर्थक समूह र सञ्चार माध्यममार्फत सरकार विरोधी गतिविधि सञ्चालन गरेको आरोप पनि छ।

जिमीमाथि एप्पल डेली नामक पत्रिका सञ्चालन गरेर हङकङको प्रजातन्त्र समर्थक गतिविधिहरूमा संलग्न भएको आरोप लाग्दै आएको छ। उनी बेलायती नागरिक हुनुहुन्छ र बेलायत सरकारले पहिले नै उहाँको रिहाइको माग गरेको थियो। सोमबार लन्डनमा आयोजित पत्रकार सम्मेलनमा उनका छोरा सेबास्टियन लाईले बेलायत सरकारसँग आफ्ना बुबाको स्वतन्त्रताको पक्षमा थप प्रयास गर्न आग्रह गर्नुभएको छ।

सजाय तोक्ने मिति भने न्यायाधीशहरूले पछि घोषणा गर्ने बताएका छन्।

धेरै पढिएको