समाचार सबै

जुनियर मास्टर एन्ड मिस इटहरी–२०८३’ सिजन ५ सम्पन्न

इटहरी — ड्रीम मोडलिङ एजेन्सी इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा ‘जुनियर मास्टर एन्ड मिस इटहरी–२०८३’ सिजन ५ भव्य रूपमा सम्पन्न भएको छ। इटहरीस्थित सोआल्टी वेस्टेन्ड इटहरीमा आयोजित प्रतियोगितामा बालबालिकाको प्रतिभा, आत्मविश्वास, व्यक्तित्व, प्रस्तुति क्षमता तथा मोडलिङ सीपलाई मुख्य आधार बनाउँदै विभिन्न विधामा विजेताहरू घोषणा गरिएको हो। प्रतियोगिताको आयोजना ड्रीम मोडलिङ एजेन्सी इभेन्ट म्यानेजमेन्ट प्रालिले गरेको हो भने आयोजकका रूपमा सौरव म्यान भण्डारी रहेका थिए।

प्रतियोगिताको मुख्य उपाधि ब्वाइजतर्फ शुभहाङ राईले हात पारे भने गर्ल्सतर्फ मब