समाचार

संक्रमितको उपचार नगर्ने सरकारको निर्णयले नागरिक आक्रोशित


कात्तिक ५, काठमाण्डौ । कोरोना महामारी नियन्त्रणमा सरकार असफल भएको भन्दै सर्वत्र आलोचना भईरहेको छ । कोरोना संक्रमणदर दिनप्रतिदिन बृद्धि भइरहेको बेला यसको नियन्त्रण गर्दै नागरिकलाई सहानुभुति प्रदान गर्ने बेला सरकारको एकलौटी निर्णयले नागरिक आक्रोशित बन्दै गएका छन् ।

कोरोना संक्रमितले आफै उपचार गर्नुपर्ने निर्णय गरेर नागरिकको जीवन जोगाउने महत्वपूर्ण दायित्वबाट एकाएक हात झिकेसँगै सरकारको सर्वत्र आलोचना भइरहेको छ । नेतृत्वको असक्षमताको कारणले कोरोना नियन्त्रणमा असफल सरकारको यो निर्णयलाई लिएर नागरिक तहमा असन्तुष्टि बाक्लिएको मात्रै छैन, नागरिक आक्रोशित समेत भएका छन् ।

कोरोना नियन्त्रण तथा रोकथामको महत्वपूर्ण जिम्मेवारीमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मंगलबार जनताको चाहना अनुसार नै उपचारको खर्च आफैले गर्ने निर्णय गरेको दाबी गरे । एउटा फारम भर्दैमा अस्पतालले निशुल्क उपचार गर्लान भन्ने अवस्था छैन् । किनकि सरकारले शुल्क लिने मापदण्ड बनाए लगत्तै सरकारी अस्पतालले समेत सुचना जारी गरिसकेका छन् । नागरिक कोरोनाको त्रासमा रहेका बेला उपचार पद्धतिमै झस्काइदिएपछि सरकारको आलोचना भइरहेको छ ।

कोरोना संक्रमणविरुद्धको लडाइँमा अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मी, आर्थिक रुपमा बिपन्न, असहाय, व्यक्तिको उपचार खर्च भने निशुल्क हुने बताएपनि यो मापदण्ड नै बनाइएको छैन् । अस्पतालले सूचना जारी गर्दा त्यो पनि समेटेका छैनन् । बिगतमा पनि सरकारको निर्णयलाई स्वीकार गरी संक्रमण नियन्त्रण हुने आसमा ८ महिनासम्म नागरिक घरैमा बसेका पनि हुन । तर उल्टो संक्रमणको दर बृद्धि भइरहेको छ । भोकै हुने अवस्था आएको भन्दै जोखिम मोलेर नै व्यपार व्यावसाय संञ्चालन गर्दै आएका व्यापारीसमेत सरकारको निर्णयसंग सहमत छैनन् ।

सरकारले संक्रमणलाई कडा रुपमा नलिएको कारण स्थिती यो अवस्थामा आएको कतिपयको टिप्पणी छ । संक्रमणको अहिलेको स्थिती र सरकारको निर्णयले अधिकांश नागरिक आजित बनेका छन् ।

संकटको बेलामा सरकारले अझ विशेष योजना बनाई नागरिकको उपचारमा ध्यान दिनुपर्ने बेला हात झिकेको भन्दै सरकारको चौतर्फी आलोचना भइरहेको छ । हुनत यसअघि कोरोना संक्रमण सरुवा रोग भएकाले त्यसलाई आधारभूत स्वास्थ्य सेवाको परिभाषामा पर्ने भन्दै सर्वोच्चले कोरोना परीक्षण, उपचार निःशुल्क गर्न आदेश समेत दिएको थियो ।

दशैँमा स्वदेश फर्किनेको कथा : अब विदेश नजाने बाचा


कात्तिक ५, काठमाण्डौ । उदयपुर घाइघाटका लोकमान बस्नेतले वैदेशिक रोजगारको सिलसिलामा मलेसिया ३ बर्ष बिताए । साढी दुई बर्ष लोकमानको काम र कमाई राम्रै थियो । जव अव एकबर्ष काम गर्छु र घर जान्छु भन्ने सोचेका लोकमानलाई त्यतिबेला झट्का लाग्यो मलेसियामा लकडाउन सुरु भयो । ४ महिना त उनी बेरोजगार नै बसे । पछि पुन काम पाएपछि केही महिनाको कमाईले लोकमान बुधबार त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा आइपुगे । लकडाउन हुँदा र अन्तराष्ट्रिय उडान ठप्प हुँदा अव घर जान पाइन्नकी भन्ने सोचेका लोकमान आफ्नै देशको बिमानस्थलमा पुग्दा औधी खुसी लागेको बताए ।

लोकमान मात्रै होइन रुपान्देहीका श्री यादव पनि बुधबार जन्मभूमिको बिमानस्थलमा ओर्लिए । ५ बर्ष मलेसियामा बिताएका उनीलाई लकडाउनले खासै समस्या नभएपनि घर आउन भने निक्कै हतार थियो । तर, बिमान नै बन्द हुँदा काम पाईदैनकी भन्ने डरले भनेसधैँ सताईरहयो । श्री यादव अब विदेश नफर्किने गरी नेपालमै केही गर्ने सोचका साथ फर्किएको बताए ।

बिदेशको कष्टकर बसाई र परिवारको सम्झनामा लकडाउन मुस्कीले कटाएको उनको अनुभव छ । त्यस्तै अर्का रुपन्देहीका सरोज यादव पनि युएइमा ५ बर्ष काम गरेर स्वदेश फर्किएका छन् । कोरोना महामारीका कारण अन्य साथीहरुले धेरै दुख पाएको सम्झदै उनी अव विदेश नजाने अठोट लिएर स्वदेश फर्किएका छन् । सरोज विदेशमा दुख पाउनुभन्दा स्वदेशमै केही गरेर बस्ने सोच बनाएका छन् ।

लोकमान, श्रीयादव र सरोज त उदाहरण मात्रै हुन् । झडै ८ महिनाको लकडाउनले बैदेशिक रोजगारमा पुगेका हजारौं नेपालीले निक्कै कष्ट भोग्नुपर्यो । रोजगार गुमाउदा उनीहरु कोरोनाको त्रासमा पनि एउटै कोठामा दर्जनौं मानिस बस्नुपर्यो । न त खान राम्रो छ न त समयमै घर जान पाइने आस नै थियो । निरन्तर सरकारसँग उद्धारको लागि हात जोडेपनि कसैले वास्ता गरेन । केही मानिसहरुले त उद्धारको नाममा निक्कै ठगिनु समेत पर्यो । स्वदेश फर्किदा समेत टिकट देखि होटेलसम्ममा ठगिदा उनीहरुको गुनासो सुन्ने कोही भएन ।

दशैं घरदैलोमा आइसकेको छ । वैदेशिक रोजगारीमा गएका अथवा विदेशमा बसोबस गर्ने नेपालीहरु यतिबेला बडादशैं मनाउन स्वदेश फर्किरहेका छन् । लामो समयसम्म मिान नचल्दा अलपत्र परेका नेपालीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वदेश फर्किने क्रम बढ्दो छ । कोही कोरोनालाई जितेर र कोही रोजगार गुमाएर अलपत्र नेपालीहरु चाडपर्व मनाउन मनाउँन स्वदेश फर्किएकोमा दंग देखिन्छन् । लकडाउन देखि यता मात्रै १ लाख नेपाली स्वदेश फर्किएका छन् । बिशेष गरेर अक्टोबर देखि खाडी मुलुकबाट नेपाली धेरै स्वदेश फर्किएको नेपाल नागरिक उडड्यन प्राधिकरणले जनाएको छ ।

बिदेशमा अलपत्र परेका नेपालीहरुलाई समयमै उद्धारको ब्यवस्था नगर्दा अझै हजारौं मानिसहरु अलपत्र छन् । उनीहरु स्वदेश फर्किने बाटो कुरेर बसिरहेका छन् । अर्काको देशमा पसिना बगाउन पुगेका नेपाली र उनीहरुको रेमिट्यान्सले नै देश सञ्चालनमा योगदान गरेको गफ दिने प्रधानमन्त्री, मन्त्री र नेताहरुलाई अझै विदेशको पिडाले छोएको छैन् । दशैं, तिहार, छठ, लोसार, माघी जस्ता पर्बहरु नजिकिदै गर्दा उद्धारको पर्खाइमा धेरै नेपालीहरु छन् ।

कोरोनाले विश्वलाई नै थिलो थिलो बनाइरहेको छ । धेरैको रोजगारी खोसिएको छ । लाखौं नेपाली स्वदेश फर्किदा उनीहरुलाई रोजगारको ग्यारेण्टी गर्ने कार्यक्रम बनाउन सरकारले तदारुकता देखाउनुपथ्र्यो त्यो देखिदैन् ।

आर्थिक

किसानको मिहिनेतमा बिचौलियाको रजाइँ


बारीबाट तरकारी बजारसम्म पु‍र्‍याउन प्रतिकिलो ३ रुपैयाँ मात्रै लागत भए पुग्छ तर बिचौलियाका कारण उपभोक्ताको भान्सासम्म पुग्दा मूल्य ३ सय प्रतिशतसम्म अकासिन्छ

काठमाडौँ — २० भाद्र । 

ललितपुर चापागाउँकी मिश्री बोहराले तरकारी बिक्रीमा बिचौलिया हटाउन सरकारसँग माग गर्दै आएको ५ वर्षभन्दा बढी भयो । उनले साविक जिल्ला कृषि विकास कार्यालयको बैठकमा राज्य आफैंले वा उपभोक्तालाई बजार व्यवस्थापन गर्न दिनू भनी पटकपटक प्रस्ताव राखिन् । मूल्य निर्धारणसमेत सरकारलाई गर्न आग्रह गरिन् ।

बोहराको प्रस्तावप्रति कृषि कार्यालय गम्भीर देखिएन । यसैबीचमा स्थानीय तहको चुनाव भयो । जनप्रतिनिधि आएपछि समस्या समाधान हुने अपेक्षा राखिन् । तर समस्या ज्युँकात्युँ हुँदा उनको आशा निराशामा परिणत भएको छ ।

बोहरा गोदावरी नगरपालिका–१० चापागाउँस्थित ताजा तरकारी सेवा सहकारी संस्थाकी अध्यक्षसमेत हुन् । बिचौलियाका कारण तरकारी बजारसम्म पुग्दा भाउ ३ सय प्रतिशतसम्म महँगो हुने गरेको उनी बताउँछिन् । ‘तरकारी बारीबाट बजारसम्म पु‍र्‍याउन प्रतिकिलो ३ रुपैयाँ लागत भए पुग्छ,’ उनले भनिन्, ‘किसान आफैंले उपभोक्तासम्म पु‍र्‍याउने हो भने प्रतिकिलो २५ रुपैयाँ पर्ने गोलभेंडाको बजार मूल्य ३० रुपैयाँ पनि पर्दैन ।’ सरकारले राम्रो बीउ दिए बारीमा पर्ने मूल्यमै बिक्री गर्न सकिनेसमेत उनले बताइन् ।

महालक्ष्मी नगरपालिका–९ लामाटारमा व्यावसायिक तरकारी खेती गर्ने दाङ तुलसीपुरकी ४२ वर्षीय रीता सुनार आफ्नो फार्मबाट काउली प्रतिकिलो ३० रुपैयाँमा बिक्री गर्छिन् । त्यही काउलीलाई लगनखेलस्थित तरकारी बजारमा उपभोक्ताले प्रतिकिलो ८० देखि एक सय रुपैयाँसम्म तिर्नुपर्छ । उनले धनियाँ प्रतिकिलो ५० रुपैयाँमा बेच्छिन् । उपभोक्ताको भान्सासम्म पुग्दा मुठाको १५ रुपैयाँ पर्छ । उनको सुझाव छ, ‘स्थानीय सरकारले आफ्नो लगानीमा ठाउँठाउँमा स्थानीय उत्पादन संकलन तथा बिक्री केन्द्र खोलेमा बिचौलियाको समस्या आफैं हट्छ ।’

बिचौलिया हटाउन तयारी भइरहेको महालक्ष्मी नगर उपप्रमुख निर्मला थापाले बताइन् । ‘वडा–२ मा तरकारी संकलन केन्द्र राख्ने गरी योजना अघि बढेको छ,’ उनले भनिन्, ‘किसान समूहलाई तीनतीन लाख रुपैयाँका दरले रकम वितरण गरेका छौं ।’ महालक्ष्मीमा व्यावसायिक पशुपालन तथा तरकारी खेती गर्ने ४ सय जना किसान छन् ।

यसरी सस्तिन्छ तरकारी

अहिले किसानले उत्पादन गरेको तरकारीको मूल्य बिचौलियाले तोक्ने गरेका छन् । तरकारी संकलन केन्द्र स्थापना भएमा तरकारीको मूल्य किसानले तोक्ने र उपभोक्ताले सहुलियत दरमा किन्न पाउने किसानहरू बताउँछन् । लुभुमा व्यावसायिक तरकारी तथा फलफूल खेती गर्ने दाङका अमृत विक भन्छन्, ‘स्ट्रबेरी बजारमा प्रतिकिलो ८ सयदेखि एक हजार रुपैयाँसम्म पर्छ । तर किसानले बिक्री गर्न पाएमा प्रतिकेजी साढे ५ सय रुपैयाँमै बिक्री गर्न सकिन्छ ।’

दक्षिण ललितपुरका किसान चापागाउँस्थित तरकारी संकलन केन्द्रमार्फत आफ्नो उत्पादन बिक्री गर्न बाध्य छन् । संकलन केन्द्रबाट राजधानी तरकारी पठाउने व्यापारीले प्रतिकिलोमा कम्तीमा १० रुपैयाँ नाफा लिने गरेका किसानहरू बताउँछन् । उनीहरूका अनुसार तरकारीमा सबैभन्दा बढी नाफा थोक बिक्रेतालाई हुन्छ । बिचौलियाको प्रभाव रोक्न हाटबजार खोल्ने तयारी भइरहेको गोदावरी नगरपालिकाका कृषि शाखा प्रमुख वेदनाथ पन्थीले बताए । ‘उत्पादकले उपभोक्तालाई सिधा बिक्री गर्न सकिने गरी ठेचो र गोदावरीमा संकलन तथा बिक्री केन्द्र खोल्न फिल्ड निरीक्षण भइसकेको छ,’ उनले भने, ‘बिचौलिया हटाउन ६ लाख बजेट छुट्याएका छौं ।’ यसकै लागि किसानलाई ठेलागाडा वितरण गर्ने कार्यक्रमसमेत बनाइएको उनको भनाइ छ । ‘किसानलाई सहुलियत दरमा बिजुलीको मिटर जडान गर्न दिनेबारे पनि छलफल भइरहेको छ,’ उनले भने ।

ललितपुरको लेले–चन्दनपुर सडक भएर गोटीखेल, शंखु, बुखेल, नल्लु, भारदेउ, चौघर, ठूर्लादुर्लङ, कालेश्वरीबाट सिजनमा दैनिक ३० हजार किलोको हाराहारीमा तरकारी बजार आउँछ भने अफसिजनमा ९ हजार किलो । भट्टेडाँडा, गिम्दी, आश्राङ, प्युटार, माल्टा, घुसेलबाट सिजनमा दैनिक १० देखि १५ हजार किलो र अफसिजनमा ९ हजार किलोसम्म तरकारी भित्रिन्छ । दक्षिण ललितपुरमा करिब ६० प्रतिशत किसान दुग्ध र तरकारी व्यवसायमा आवद्ध छन् । यहाँ काउली, बन्दा, रायो, सिमी, बोडी, काँक्रो, फर्सी, घिरौंला, तितेकरेला, मटरकोसा, गोलभेंडा उत्पादन हुन्छन् ।

राहत वितरण नै अवैज्ञानिक
महालक्ष्मी नगरपालिकामा व्यावसायिक र गुजारामुखी (घरमा मात्रै खानका लागि उत्पादन) गरी दुईथरीका किसान छन् । तर उनीहरूको वर्गीकरण गरिएको छैन । यसले राहत वितरण गर्दा व्यावसायिक किसान मर्कामा पर्ने गरेको महालक्ष्मी नगरपालिका किसान मूल समितिकी अध्यक्ष रीता सुनारले बताइन् । ‘किसानलाई आत्मनिर्भर बनाउन वर्गीकरण गरेर वस्तु उत्पादनका आधारमा राहत वितरण गर्ने प्रणालीको विकास गर्नुपर्छ,’ उनले भनिन्, ‘अहिले व्यावसायिक खेती र घरायसी खेती गर्ने किसानले एउटै राहत पाउने गरेका छन् ।’

महालक्ष्मी नगरपालिकाका कृषि शाखा प्रमुख ब्रह्मदेव साहले अर्को आर्थिक वर्षदेखि व्यावसायिक र घरायसी किसान छुट्याएर राहत वितरण गर्ने गरी छलफल भइरहेको बताए । यस नगरमा चालु आवका लागि २७ लाख रुपैयाँ कृषि बजेट छ । गोदावरीमा ७० लाख रुपैयाँ छुट्याइएको छ । यो रकमले किसानलाई राहत वितरण नभई तालिम, सचेतनाजस्ता कार्यक्रम चलाउन पनि नपुग्ने उनी बताउँछन् । कृषिप्रधान देशमा ७५ प्रतिशत जनता किसान रहेको भनिए पनि सदन र सडकमा जस्तो बजेटले कृषि क्षेत्रमा प्राथमिकता नपाएको उनको भनाइ छ । ‘यो बजेटले वार्षिक कार्यक्रम चलाउनसमेत पुग्दैन,’ उनले भने, ‘कृषिमा कम्तीमा डेढ/दुई करोडभन्दा बढी बजेट आवश्यक पर्छ ।’

उनका अनुसार यहाँ १ सय ३१ जना किसानले यस वर्ष जाप्निज हलुवावेत र नासपति, बदाम, आरुबखडा, किबी, ओखर, सुन्तला, कागती, जुनार, मुन्तला, अम्बा, अनारलगायतका ५ हजार ४ सय ५९ वटा बिरुवा मागेका थिए । ‘बजेट अभावका कारणले कृषि ज्ञान केन्द्रमा माग गर्‍यौं,’ उनले भने, ‘त्यहाँबाट ३ हजार ३ सय ६१ वटा मात्र बोट उपलब्ध गराइयो ।’

आत्मनिर्भर हुन कृषि मिटर र सडक
सामान्यतः एउटा व्यावसायिक तरकारी फार्मबाट मासिक १ हजार ५ देखि ३ हजार रुपैयाँसम्म बिजुलीको बिल उठ्छ । महालक्ष्मी नगरपालिका किसान मूल समितिका अनुसार यहाँका ४ सय किसानको फार्मबाट कम्तीमा मासिक ६ लाख रुपैयाँ बिल उठ्छ । किसानको संख्या वृद्धि गर्न र पशुपालन, तरकारी तथा फलफूलमा आत्मनिर्भर बनाउन बिजुलीमा सहुलियत दिन कृषि मिटरको अवधारणा ल्याउनुपर्ने बताउँछिन् समितिकी अध्यक्ष सुनार ।

‘कृषिबिना हामी बाँच्न सकिँदैन । यसकारण पनि कृषि क्षेत्रलाई बलियो बनाउन कृषि सडक र मिटरको अवधारणा ल्याउन पहल गर्नुपर्छ,’ उनले भनिन् । कृषि क्षेत्रको विकास गर्न यसलाई विद्यालय र कलेजका पाठ्यक्रममा पनि समावेश गराउनुपर्ने उनको सुझाव छ ।

महालक्ष्मीकी नगर उपप्रमुख थापा र गोदावरीका कृषि शाखा प्रमुख पन्थीले कृषि सडक खन्ने र सहुलियत दरमा मिटर जडान गर्नेबारेमा पनि छलफल भइरहेको बताए । यसका लागि व्यावसायिक किसानको सूची यार पार्ने काम भइरहेको थापाको भनाइ छ । गत आवसम्म महालक्ष्मीमा ५ सय ९० हेक्टर क्षेत्रफलमा खेती हुन्थ्यो भने ११ वटा किसान समूह थिए । ललितपुरको लेले र लामाटार, लाकुरी भन्ज्याङ क्षेत्र लप्सीका लागि प्रख्यात मानिन्छ । तर यहाँ लप्सीका रूख धमाधम काटेर प्लटिङ गरिँदै छ । रैथाने बाली संरक्षणमा कसैले चासो नदिएको ताजा तरकारी सेवा सहकारी संस्था चापागाउँकी अध्यक्ष बोहराको गुनासो छ । ‘पकेट क्षेत्र घोषणा गरेर संरक्षण गर्नुपर्‍यो,’ उनले भनिन् । गोदावरी कृषि शाखा प्रमुख पन्थीले लेलेलाई पकेट क्षेत्र घोषणा गरेर रैथाने बाली संरक्षण अभियानमा लागेको दाबी गरे ।

(कान्तिपुर दैनिक)

खेलकुद

मेस्सी क्लबको प्रशिक्षणमा फर्किए (भिडिओसहित)


काठमाडौं, २३ भदौ । स्पेनिश जायन्ट बार्सिलोनाका कप्तान लियोनल मेस्सी क्लबको प्रशिक्षणमा सहभागी भएका छन् । पछिल्लो समय क्लब छाड्ने मनस्थितिका कारण उनी क्लबको नियमित प्रशिक्षण कार्यक्रममा सहभागी भएका थिएनन । तर, क्लब नछाड्ने भएपछि उनी क्लबको प्रशिक्षणमा फर्किएका हुन् ।

https://twitter.com/i/status/1303283529695088641

विश्व

कोरोनाका कारण विश्वभर दुई करोड ७७ लाख सङ्क्रमित


२४ भदौ : विश्वभरी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण अहिलेसम्म विश्वभरी दुई पौने तीन करोड मानिस सङ्क्रमित भएका छन् ।

अधिकारीहरुले दिएको जानकारी अनुसार बुधबार अपराह्न यो सामाचार तयार पार्दासम्म दुई करोड ७७ लाख ५३ हजार २४३ जना सङ्क्रमित भएको विवरण सार्वजनिक भएको छ ।

कुल सङ्क्रमित मध्ये नौ लाख दुई हजार १०८ जनाको मृत्यु भएको छ भने अरु एक करोड ९८ लाख ४१ हजार १९६ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।

विश्वभरी अहिलेपनि ७० लाख नौ हजार ९३९ जना सङ्क्रमित अवस्थामै रहेका छन । ती मध्ये ६० हजार ३९३ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् ।

कोरोनाभाइरसबाट प्रभावित हुनेहरुमा सबैभन्दा धेरै अमेरिकी नागरिक रहेका छन् । अमेरिकामा अहिलेसम्म ६५ लाख १४ हजार ३७६ जना सङ्क्रमित भएका छन् भने एक लाख ९४ हजार ३७ जनाको मृत्यु भएको छ ।

त्यसैगरी दोस्रो धेरै सङ्क्रमित हुनेमा भारत पुगेको छ । यसअघि लामो समय ब्राजिल दोस्रो धेरै सङ्क्रमित भएकाहरुको सूचीमा रहेपनि अहिले भारतले ब्राजिललाई उछिनेको छ ।पछिल्लो विवरण अनुसार भारतमा ४३ लाख ७४ हजार ३१४ जना सङ्क्रमित हुँदा ७३ हजार ९५३ जनाको मृत्यु भएको छ ।

त्यसैगरी तेस्रो धेरै सङ्क्रमितहरु रहेको मुलुक ब्राजिलमा अहिलेसम्म ४१ लाख ६५ हजार १२४ जना सङ्क्रमित भएका छन् भने एक लाख २७ हजार ५१७ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

चौथो धेरै सङ्क्रमित रहेको रुस र पाचौँ धेरै सङ्क्रमित रहेको पेरुमा क्रमशः दश लाख ४१ हजार ७ र छ लाख ९६ हजार १९० जना सङ्क्रमित भएका छन् । ती देशहरुमा मृतकहरुको संख्या पनि क्रमशः १८ हजार १३५ र ३० हजार १२३ रहेको छ । रुसमा सङ्क्रमितको संख्या धेरै रहेपनि मृतककको संख्या भने पेरुमा धेरै रहेका छन् ।

धेरै सङ्क्रमित भएका मुलुकहरुको सूचीमा क्रमशः कोलम्बिया, मेक्सिको, दक्षिण अफ्रिका, स्पेन र अर्जेन्टिना छैठौँ, सातौँ, आठौँ, नवौँ र दशौँ स्थानमा रहेका छन् ।-एएफपी/Photo:Agency

Popular Posts

दोश्रो 'फेशन एण्ड मोडल अवार्ड’ भव्यतापूर्वक सम्पन्न

समाचार, मनोरञ्जन


काठमाडौँ — आश्विन ३०, २०७७। 

पेजेन्ट नेपाल ईन्टरनेशनल मिडियाले दोश्रो संस्करणको 'फेशन एण्ड मोडल अवार्ड’ बिहिबार सम्पन्न गरेको छ। ललितपुर स्थित म्युजिक सिटीमा आयोजित समारोहमा वरिष्ठ अभिनेता भुवन केसीलाई ‘इभरग्रीन फेशन आइकन ’ ले सम्मानित गरियो।

त्यसैगरी, टेलिभिजनमा विभिन्न रियालिटी शो संचालनको क्षेत्रमा अतुलनीय योगदान दिएर नेपाली रियालिटी शोलाई एक आफ्नै उचाईमा  पुर्याउन महत्वपूर्ण भूमिका खेलेको भन्दै नायिका तथा टेलिभिजन कार्यक्रम संचालिका रिमा विश्वकर्मालाई ‘मस्ट इन्फ्लुइन्सियल टीभी आईकन’ प्रदान गरियो।

विगतको वर्षमा झैं यस वर्ष पनि फेशन र मोडल सम्वद्द गरी सम्पूर्ण विधाका उत्कृष्ट मनोनयन सार्वजनिक भएसंगै मनोनित मध्येबाट उत्कृष्ट चयनको लागि ग्लोवल अनलाईन पे मार्फत डिजिटल अनलाईन भोटिङ गरिएको थियो । 

मनोनित मध्येबाट उत्कृष्ट चयनको लागि ५०% मत ग्लोबल अनलाईन पे मार्फत हुने भोटिङ र  ५०% मत फेशन एण्ड मोडलिङ क्षेत्रका विज्ञहरुबाट नै लिइएको पेजेन्ट नेपाल ईन्टरनेशनलका प्रवन्ध निर्देशक दिक्पाल कार्कीले जनाएका छन।

वरिष्ठ अभिनेता भुवन केसीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा छिरिङ वाङ्डु र जयन सुब्बा मानन्धरको विशेष आतिथ्यता रहेको थियो । 

नेपाली फेशन र मोडलिङ क्षेत्रको उत्थान, यसैमा समर्पित कलाकर्मीहरुको सम्मान र प्रोत्साहन एवं गुणात्मक श्रीवृद्धिको लागि फेशन र मोडलिङका साधकहरुलाई उत्साहित बनाउन र यो उद्योेगको व्यावसायीकरणमा टेवा पुर्‍याउन हरेक वर्ष अवार्ड कार्यक्रम गरिँदै आएको छ । 

पेजेन्ट नेपाल ईन्टरनेशनलले यसवर्षको 'पेजेन्ट नेपाल फेशन एण्ड मोडल अवार्ड,२०२०’ भने विश्वव्यापी महामारीको रुपमा देखापरेको कोभिड-१९ लाई मध्यनजर गर्दै विहीबार विश्व स्वास्थ्य संगठनले जारी गरेको निर्देशिकाअनुरुप संचालन गरी सम्पन्न गरेको थियो ।

सम्मानित हुनेहरुमाः
Pageant Nepal Fashion & Model Award 2020 Technical Category winners:

  • Best Event Director: Bikash Shrestha
  • Best Event Manager: Arman Sahani
  • Best Event Make up Artist: Karina Puri
  • Best Event Sound Director: Aamul Shrestha
  • Best Event Sound Director: Raj Shrestha

Pageant Nepal Fashion & Model Award 2020 Make up & Fashion Designer Category

  • Best Make up Artist: Shailaja Shah
  • Aspiring Make up Artist: Manu Thapa Magar
  • Best Fashion Designer: Sukneeta Chaulagain
  • Best Pageant Make Up Artist:  Rekha Balami
  • Emerging Fashion Make up artist: Saraswati Dhaubanjar
  • Best Pageant Fashion Designer: Dip Jyoti Khadka Basnet

Pageant Nepal Fashion & Model Award 2020 
Kids Category winners :

  • Best Fashion Model Kids: Apekshya Sherchan
  • Best Fashion Model Pre Kids: Yesha Shree Maharjan
  • Popular Runway model kids: Deelasta Buddhacharya
  • Best Title winner Kids: Sanvi Bajracharya

Pageant Nepal Fashion & Model Award 2020 
Mrs Category winners:

  • Best Title winner Mrs (Community Based): Dhana Maya Gharti Magar
  • Most Popular Title winner (Mrs): Lila Devi Niraula 
  • Most Popular Title winner Mrs(Community Based)
  • Bimala Paija Magar

Pageant Nepal Fashion & Model Award 2020 
Teen Category

  • Best Runway Model Teen : Aaryan Jyakho
  • Best International Representative Teen: Raj Rishal

Pageant Nepal Fashion & Model Award 2020 
Mofasal Category: 

  • Best event manager (Mofasal): Rajan Budhathoki
  • International Achiever (Mofasal): Amar Singh Lhayo Magar
  • Best Make Up Artist (Mofasal): Nura Kunwar

Pageant Nepal Fashion & Model Award 2020 

  • Best Event Organizer: Jenu Shrestha (Quest Event Manangent)
  • Best Event Choreographer: Aasish Napit
  • Best Fashion Choreographer: Aarman Sahani

Pageant Nepal Fashion & Model Award 2020
Mr & Miss Category 

  • International Achiever( Miss) : Priya Rani Lama
  • Most Popular Title winner: Dr. Santosh Upadhyaya 
  • International Achiever (Mr): Akshay Rayamajhi
  • popular Title winner(Profession Based): Hema Pun Magar

Pageant Nepal Fashion & Model Award 2020

  • Best Fashion Journalist : Rojin Shakya
  • Most Influencial Title winner : Dr. Santosh Upadhyaya
  • Best International Title winner Mrs: Silashma Hamal
  • Social Hero: Testing Wangdu

Pageant Nepal Fashion & Model Award 
Evergreen Fashion Icon:
Bhuwan KC
Most Influencial TV icon: Rima Bishwokarma

 

'मिस्टर एण्ड मिस टिकटक' का लागि ग्लोबल अनलाईन पेबाट भोटिङ खुल्ला

समाचार, मनोरञ्जन


चितवन —  कार्तिक २, २०७७। 

द जिएमआइ एकेडेमीले आयोजना गरेको 'मिस्टर एण्ड मिस टिकटक,नेपाल' प्रतिगितामा ग्लोबल अनलाईन पे बाट भोटिङ गर्न सकिने भएको छ ।

नेपाली समाजिक संजालमा पछिल्लो समय अत्याधिक रुचाईएको टिकटकबाट नयाँ प्रतिभावान युवाहरु कलाकारिता्मा प्रवेश पाउन सजिलो भएको हामी कहाँ प्रशस्त उदाहरणहरु छन। त्यसैको सेरोफेरोमा रहेर द जिएमआइ एकेडेमीको आयोजनामा मिस्टर एन्ड मिस टिकट्क प्रतियोगिता आयोजना गरिएको द जिएमआइ एकेडेमी्का सिईओ महेश लामिछानेले जनाएका छन । 

ग्लोबल अनलाईन पे डट कम (globalonlinepay.com) मार्फत आफूलाई मनपर्ने प्रतियोगीलाई भोट गर्न सकिनेछ । प्रतियोगीलाई एक पटकमा न्यूनतम पाँच भोट देखि अधिकतम पाँच हजार भोटसम्म गर्न सकिने बताइएको छ ।

नेपालभित्र संचालनमा रहेका वालेट र मोबाएल बैंकिङका प्रयोगकर्ता साथै नेपाल बाहिरबाट भिजा कार्ड र मास्टरकार्डका प्रयोगकर्ताहरुले सजिलैसंग आफ्नो प्रतियोगीलाई भोट गर्न सक्नेछन।  

नेपाल बाहिरबाट भने भोट गर्नका लागि भिजा कार्ड र मास्टरकार्डका प्रयोगकर्ताहरुले आफ्नो संबन्धित बैंक मार्फत अनलाईन पेमेन्ट ट्रान्ज्याकसनको निमित्त आईपिजि / थ्रीडियस (IPG/3DS) सर्भिस एक्टिभेट गर्नुपर्नेछ। 

ट्प-२० का लागि शुरु भएको भोटिङ कात्तिक ११ गते शुक्रबार राती १२ बजेसम्म गर्न सकिनेछ । 'मिस्टर एण्ड मिस टिकटक,नेपाल' मा हाल टप १०० प्रतियोगीले प्रतिस्पर्धा गरिरहेका छन् ।

'मस्ट पपुलर टाईटल विनर कम्युनिटी वेस्ट’ को अवार्ड बिमला पाईजा मगरलाई

समाचार, मनोरञ्जन


काठमाडौं —  कार्तिक २, २०७७।

पेजेन्ट नेपाल ईन्टरनेशनल मिडियाले आयोजना गरेको 'पेजेन्ट नेपाल फेशन एण्ड मोडल अवार्ड,२०२०' मा रघुगंगा, म्याग्दीकी समाजसेवी तथा बिभिन्न संधसंस्थामा आवद्द बिमला पाईजा मगरले मस्ट पपुलर टाईटल विनर कम्युनिटी वेस्ट विधातर्फको अवार्ड प्राप्त गरेकी छिन ।

सदावहार नायक भुवन केसीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा छिरिङ वाङ्डु र जयन सुब्बा मानन्धरको विशेष आतिथ्यता साथै नेपाली फेशन/मोडलिङ जगतका थुप्रै हस्तीहरुको उपश्थिति सहित कोरोना कहरबीच स्वास्थ्यका सम्पूर्ण मापदण्ड अपनाउँदै बिहीबार म्युजिकसिटी स्टुडियोमा एक कार्यक्रमबीच सम्पन्न अवार्ड समारोहमा आफ्ना ४ फाईनलिस्टलाई पछि पार्दै उनले सो अवार्ड हात पारेकी हुन ।

समाजसेवामा सक्रिय बिमला पेशाले एक कुशल सौन्दर्य व्यवसायी समेत हुन। 

विगत लामो समयदेखि समाजसेवाको क्षेत्रमा उल्लेखनीय योगदान प्रदान गरेको भन्दै बिमला लाई उक्त अवार्डले सम्मानित गरिएको पेजेन्ट नेपाल ईन्टरनेशनलका प्रवन्ध निर्देशक दिक्पाल कार्कीले जनाएका छन ।

रिलिजको ४ वर्षपछि यसरी ब्युँतियो सुगमको 'दसैं/तिहार'

समाचार, मनोरञ्जन


काठमाडौँ — कार्तिक ३, २०७७। 

दसैं नजिकिन थालेपछि आजभोलि यो गीत सुनिन थालेको छ । गायक सुगम पोख्रेलले गाएको यो गीत हरेक दसैंमा गाउँ/घरदेखि विदेशसम्म गुन्जिन्छ । 'यो गीत सुनेपछि दसैं आएको अनुभव हुन्छ,' फेसबुकमा यस्तो लेख्दै गीतलाई पुन:पोस्ट्याउँछन् दर्शक । सुगमको मन ढक्क फुल्छ । 

'वर्षमा दिनमा लैलै, हर्षका दिन यी लैलै

दसैं/तिहार चाड र वाड, खुशीले सारा भर्‍यो नि संसार

आह खुशीले सारा भर्‍यो नि संसार'

यो वर्ष पनि घटस्थापनाअघिदेखि नै यो गीत गुन्जिन थालिसकेको छ । सुगम आफैंले पनि केही दिनअघि एक डिपार्टमेन्टल स्टोर पुग्दा गीत घन्किइरहेको सुने । यसपालीको दसैंमा पहिलोपटक उनले आफ्नो गीत त्यहीँ सुनेका हुन् । त्यसपछि भाटभटेनी, छरछिमेकमा सुने । सुगमलाई लाग्छ यो गीतले दसैंमा खास अर्थ पाउँछ ।

'बाहिर निस्कँदा बाटोतिर पनि सुनिरहको हुन्छु । दसैंमा यो गीत बज्दा मनमा के लाग्छ भने हाम्रो काम सबैले रुचाइदिनु भएको छ भन्ने हुन्छ । दसैंको माहोलमा यो गीतको अर्थ अझ बढी खुल्छ जस्तो लाग्छ,' उनले सुनाए ।

आफूले सिर्जेको यो गीत यसरी हरेक दसैंमा घन्किएला भनेर सुगमले सोचेका थिएनन् । केही वर्षयता दसैंमा सँधै बज्ने गीतहरुको सूचीमा यो गीतले पनि स्थान पाउन थालेको छ । 'आफ्नो चाडपर्व, सँस्कृति आफ्नै तरिकाले मनाउनुपर्छ भन्ने हिसाबले गरेको हो यो गीत । खुशी लाग्छ, यो लेभलसम्म पुग्ला भनेर सोचेको थिएन । हरेक वर्ष दर्शकले प्रतिक्रिया दिइरहनुहुन्छ । बालबालिकादेखि वृद्धासम्मको मनलाई यो गीतले छुन सकेको छ,' दंग पर्दै सुनाउँछन् ।

सन् २००८ तिर स्टेज कार्यक्रमका लागि अमेरिका पुगेका थिए सुगम । अरुबेला पनि दसैं/तिहारमा स्टेज कार्यक्रमका लागि उनी विदेश पुगिरहन्थे । तर त्यो वर्ष दसैंमा देशबाट टाँढिनु पर्दाको अनुभव गीत बनेर उनको मुखबाट फुत्कियो,'वर्षमा दिनमा लैलै, हर्षका दिन यी लैलै ।' त्यसपछाडिका पङ्ति फुरेन । तर, पुर्वेली भाकामा 'लाला' शब्द घुसाएर गीतको पहिलो हरफ गुनगुनाए ।

'दसैंमा बाहिर हुँदा मैले देश नै 'मिस' गरें । परिवार मिस गरें । विदेशमा पनि एकखालको रमाइलो त हुन्छ । तर गाउँ/ठाउँमा आफ्नै देशमा दसैं मनाउँदाको मज्जा अर्कै हुन्छ,' उनले गीत बुन्दाको समय सम्झे, 'त्यो अनुभवलाई नोस्टाल्जिक भएर मैले १/२ लाइन लेखें । मेलोडी बनाएँ ।'

पछि काठमाडौं फर्केर उनले संचारकर्मी रवि श्रेष्ठलाई गीत लेख्न लगाए । मेलोडी दिए । सुरुका दुई लाइन पनि सुनाइदिए । त्यसपछि एकै दिनमा रविले गीत लेखिदिए । 'एकै दिनमा गीत लेखेर दियो । मेरो अनुभव ठ्याक्कै शब्दमा उतारिदिएको थियो । मैले तिहारको पनि जोडौं भनेर एक लाइन लेखेको थिएँ । उसले त्यसमा थपिदिएको रहेछ । उसको शब्दलाई चलाउनै परेन,' सुगमले भने, 'मैले अलिकति सुरु गरेको थिएँ, उसले पूरा गरिदियो गीत । उसले गीत लेखेर दिएको कागज अहिलेसम्म पनि मसँग सुरक्षित छ ।'

गीत लेखिसकेपछि बिवश पौडेललाई अरेन्ज गर्न दिए । त्यसको केही समयपछि गीत रेकर्ड भयो । सन् २०१० तिर युट्युबमा सार्वजनिक भएको गीतले सोचेजस्तो चर्चा भने कमाएन । सिमित दर्शकबीच नै रुमल्लियो ।

चार वर्षपछि चर्चा

सार्वजनिक भएको चार वर्षपछि यो गीत एकाएक चर्चामा आयो । दर्शकको नजरमा नपरेको गीत चार वर्षपछि अचानक चर्चामा आउँदा सुगम आफैं चकित भएका थिए । 'मलाई जहाँसम्म लाग्छ २०१४ को दसैंबाट यो गीतलाई दर्शकले ह्वात्तै रुचाइदिनु भयो । म आफैंलाई पनि अचम्म लागेको थियो,' खुशी हुँदै सुनाए ।

सूचना प्रविधिको विकास सँगसँगै दर्शकको हातहातमा मोबाइल पुग्यो । उनका अनुसार दर्शक युट्युबतिर पनि सक्रिय हुन थालेपछि गीतको चर्चा चुलिएको हो । 'सायद दर्शकले युट्युबमा दसैं गीत खोजेर सुन्ने भयो होला । गीत खोज्दाखेरी यो गीत पनि आयो होला,' अनुमान लगाउँछन्, 'त्यो साल सोच्दै नसोचेको प्रतिक्रिया पाएँ । त्यसपछि सबैको मुखमै झुण्डियो । २०१४ पछिका दसैंको एन्थम नै बन्यो यो गीत ।'

गीत सुनेर एकजना सेनाका जवानले रुँदै फोन गरेपछि भने सुगमलाई पनि आफ्नो गीतले प्रभाव पार्‍यो भन्ने लागेको थियो । 'फोन गरेर उहाँ रुनु भो', नेपालमै भए पनि दसैंमा घर जान नपाउँदाको पीडा साट्नु भो । त्यसपछि मलाई गीतले मान्छेलाई छुन सफल भएछ भन्ने अनुभव भएको थियो । रुवाउनेसम्मको गीत बनाएछु भन्ने लागेपछि गीतले काम गरेछ भन्ने भयो,' उनले २०१४ को त्यो क्षण सम्झे ।

सुगम कति गीतले दर्शकलाई छुन समय लाग्ने बताउँछन् । 'दसैं/तिहार'मा सामान्य शब्दहरुको प्रयोग छ । विदेशिएकाहरुको पीडा समेटिएकै कारण गीतलाई अत्यधिक दर्शकले रचाइदिएको उनी बताउँछन् । नेपालमा हरेक परिवारका १/२ जना सदस्य विदेश पुगेकै हुन्छन् । पढाईका लागि होस् या कामका लागि नेपाली अमेरिका अस्ट्रेलिया, खाडी मुलुक पुगेका छन् । त्यसैले पनि गीतमा नेपाली दर्शकले अपनत्व अनुभव गरेको सुगमको भनाई छ । 'विदेशिनु हाम्रो जीवनशैली नै हो । सायद त्यसैले दर्शकको मन छोयो गीतले । शब्दले पनि दर्शकलाई छोएको छ,' उनले भने, 'यो म एक्लैले गरेको होइन । यो हाम्रो टिमको उपलब्धि हो ।'

'अर्काको देशमा लैलै सम्झना आको नि मैलाई,

सयपत्री फूलेको आँगन रातो अक्षता जमरा लगाई

यता मेरो आँशुको धारा, उता होलान् रातै ती निधार',

गीतको यो अंशले दसैं/तिहारमा विदेशमा हुनेहरुको मन हुँडल्छ । यो गीत धेरै चलेपछि के अन्य गीत विस्थापति भए त ? सुगमलाई त्यस्तो लाग्दैन । 'मेरो गीतले रिप्लेस गरिदिएको त म मान्दिनँ,' उनी भन्छन्, 'सबै गीतको कालखण्ड हुन्छजस्तो लाग्छ । समसामयिक विषय समेटेको हुनाले अहिलेको कालखण्डमा यो गीतलाई अलि बढीले रुचाइदिनु भएको हो । यो गीत पुर्वेली भाकामा छ । समला बिट प्रयोग गरिएको छ । पुर्वको हाकपारेसँग अलिकति नजिक छ यो भाका ।'

चाडबाडसम्बन्धि गीत कम बन्ने समयमा बजारमा ल्याएकै कारण यो गीतले दर्शकको साथ पाएको सुगम सुनाउँछन् । दसैंसम्बन्धि हरेक वर्ष गीतहरु सार्वजनिक भइरहेका हुन्छन् । सबै गीतले यत्तिकै चर्चा पाउँदैनन् । सुगम आफैंले दसैंका अरु २ गीत सार्वजनिक गरेका छन् । उनकै दुई गीतले पनि यसलाई उछिन्न भने सकेका छैनन् । उनले २ वर्षअगाडि 'दसैं आयो' बोलको गीत बजारमा ल्याएका थिए । त्यसमा जो जहाँ छन् त्यसमै रमाइलो गरौं भन्ने सन्देश मिसिएको थियो । गत वर्ष छोरी एञ्जेलिजासँगै 'शुभ दसैं' बोलको गीत सार्वजनिक गरेका थिए । गीत बालबालिका केन्द्रित छ । 'त्यसमा मामाघर जाने, चंगा, लङ्गुरबुर्जा खेल्ने कुराहरु समेटेको छु । त्यो संस्कार अहिले हराउँदै आएको जस्तो लाग्यो मलाई । हामीले जसरी दसैं मनायौं अहिलेको बच्चाहरुले त्यसरी मनाएजस्तो लाग्दैन । त्यसैले त्यो गीत बनाएँ,' उनले गीतबारे भने ।

यो गीतलाई दर्शकले 'दसैं/तिहार'सँग तुलना गरिदिएका थिए । तर, फरक स्वादको गीत ल्याउन रुचाउने उनी दसैंसम्बन्धि यी तीन गीतसँग सन्तुष्ट छन् । स्टेज कार्यक्रममा दर्शकले 'डिमान्ड' गर्ने गीत बनेको छ 'दसैं/तिहार' । विदेश होस् या नेपालकै कति ठाउँमा कार्यक्रममा यो गीत गाउँछन् सुगम । 'स्टेजमा यो गीत गाइरहेको हुन्छु । गीतलाई माया दिनु भएको खुशी शब्दमा बयान गर्न सक्दिनँ,' उनले आफ्नो खुशी साटे ।

'सालोको दौरा सुरुवाल मागेर भिडियो'

यो गीतको भिडियोको कन्सेप्ट सुगमकै हो । सुगमले 'वान लाइन' सुनाएपछि त्यसमा इनलाइन क्रियसनले भिडियो तयार पारेका हो । गीतको भिडियोमा नेपाली भेषभुषा देखाउने रहर थियो सुगमको । त्यसैले दौरा सुरुवाल लगाउने निर्णय गरे । त्यो बेला उनीसँग दौरा सुरुवाल थिएन । 'त्यो बेला मैले दौरा सुरुवाल सिलाएको थिइनँ । मैले मेरो सालोलाई फोन गरें, उसको दौरा सुरुवाल मागें । त्यही लगाएर सुटिङ गरें । मेरो भाग म बसेको घरकै छतमै बनाएको हो,' उनले सम्झे ।

भिडियो नाटकीय नदेखियोस् भनेर आफूहरुले दसैंको रौनक देखाउन केही फुटेज अरुसँग मागेर साभार गरेको सुगम सुनाउँछन् । यसअघि यो गीत 'इनलाइन क्रियसन'बाट सार्वजनिक भएको थियो । गीतमा ९० लाख बढी भ्युज प्राप्त थियो । तर, आफ्नो युट्युब च्यानल खोलेपछि सुगमले त्यो गीतलाई आफ्नै च्यानलबाट सार्वजनिक गरेका छन् । गीतलाई १ करोड बढीले युट्युबमा हेरिसकेका छन् ।

'सहमतिमै भिडियो मेरो युट्युब च्यानलमा राखेको हुँ । गीतको भ्युज अर्गानिक नै हो । त्यो गीतमा मेरो छोरी सानी छ । अहिले मेरो छोरी ठूली भइसकी,' भिडियोबारे भन्छन्, 'भिडियोको अन्तिमतिर विदेशबाट घर फर्किएको देखाइएको छ । मलाई यसमा विरहभन्दा पनि ह्याप्पी इन्डिङ देखाउने मन थियो । त्यसैले तिहारमा घर फर्केको देखाएको छु ।'

(कान्तिपुर दैनिक)