ग्रेस इभेन्ट्स ‘ट्यालेन्ट हन्ट २०२०’ आयोजना गर्दै,घरबाट नै सहभागी हुन मिल्ने
News Desk
Jun-01 , 2020 तारिख 06:49 बिहान
राजधानी तथा मोफसलमा विभिन्न सफल ईभेन्ट, सौन्दर्य प्रतियोगिता, फेशन शो लगायतका कार्यक्रमहरु आयोजना गरेर ख्याती कमाउन सफल ग्रेस इभेन्ट्सले “ट्यालेन्ट हन्ट २०२०” आयोजना गर्ने भएको छ । कोभिड-१९ को विश्वव्यापी महामारीले गर्दा लकडाउनका कारण घरमै रहेर सेलिब्रिटी बन्न सक्ने उद्देश्य “ट्यालेन्ट हन्ट २०२०” को रहेको छ । प्रतियोगितामा अभिनय,नृत्य,गायन,बित्बक्सिंग , र अरु आफुमा भएको कला प्रस्तुत गर्न सकिन्छ। सहभागी हुन इच्छुकले आफ्नो नाम ,ठेगाना र सम्पर्क नम्बर सहित आफ्नो विवरण ग्रेस इभेन्ट्सको ईमेल [email protected] मा पठाउनुपर्ने छ । सहभागीहरुले आफ्नो कलाको भिडियो बनाएर आगामी जेठ ३१,शनिवार सम्ममा बुझाउनुपर्ने छ । पटकथाको लागि प्रतियोगितामा सहभागीहरुले आफ्नो टिकटकभिडियो पठाए पनि स्वीकार्य हुनेछ।

धेरै पढिएको