गायक विनय कार्कीको स्वरमा रहेको गीत ‘तिम्रो मेरो मेरो माया’ सार्वजनिक (भिडियोसहित)
News Desk
Jun-04 , 2020 तारिख 10:10 बिहान

गायक विनय कार्कीको स्वरमा रहेको गीत ‘तिम्रो मेरो मेरो माया’ सार्वजनिक भएको छ । सविन लामाको शब्द, विनयकै कम्पोज तथा एरेञ्ज, अशोक महर्जनको मिक्सिङरमाष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

गौरभ गिरीको निर्देशन रहेको गीतको भिडियोमा उमेश सोनाम, अस्मि श्रेष्ठ, सन्दिप शाहलाई फिचरिङ गरिएको छ । दीपक गिरीको छायाँकन रहेको गीतको भिडियोलाई आरोही इन्टरटेनमेन्टले सम्पादन गरेको हो ।

विनयले भ्याइस अफ नेपालमा आफ्नो उत्कृष्ट प्रस्तुति मार्फत सबैको मन जित्न सफल भएका थिए । गीतको भिडियोलाई एमएमएस इन्टरटेनमेन्ट मार्फत सार्वजनिक गरिएको छ ।

 

धेरै पढिएको