आजदेखि चैत्र दसैँ अन्तर्गत नवरात्र पर्व सुरु
News Desk
Mar-19 तारिख 06:24 बिहान

काठमाडौँ | चैत्र शुक्ल प्रतिपदाको पावन अवसरसँगै आजदेखि चैत्र दसैँ अन्तर्गत नवरात्र पर्व सुरु भएको छ। यस शुभ दिनमा हनुमानढोका दरबार परिसरमा विधिपूर्वक घटस्थापना गरी नवदुर्गा भगवतीको विशेष पूजाआराधना प्रारम्भ गरिएको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीका अनुसार यस वर्ष घटस्थापनाका लागि बिहान ७ः५१ बजेको समय अत्यन्त शुभ मानिएको छ। उहाँले आजको दिन उत्तर दिशा फर्केर घटस्थापना गर्नुपर्ने साइत निर्धारण गरिएको जानकारी पनि दिनुभएको छ।

नवरात्रको प्रारम्भसँगै देशभर रहेका विभिन्न देवी मन्दिर तथा शक्तिपीठहरूमा भक्तजनहरूको उपस्थिति बढ्ने गर्दछ। श्रद्धालुहरू पूजा, आराधना र उपासनाका लागि मन्दिरहरूमा पुगेर आस्था प्रकट गर्छन्।

धार्मिक मान्यता अनुसार एक वर्षमा चार पटक नवरात्र पर्ने गर्दछ l आषाढ, आश्विन, पौष र माघ महिनाको शुक्ल पक्षमा। यद्यपि नेपाली परम्परामा आषाढ र पौष महिनाका नवरात्रलाई ‘लुप्त नवरात्र’का रूपमा पनि चिनिने गरिन्छ।

धेरै पढिएको