नेपालमा बिक्री हुने सस्तो कार ‘रेडी गो’को नयाँ फेसलिफ्ट आउँदै
News Desk
Apr-28 , 2020 तारिख 07:43 बिहान

काठमाडौं । डाट्सन इन्डियाले लकडाउन कै समयमा नयाँ रेडी गोको तस्बिर सार्वजनिक गर्दै चाँडै बजारमा आउने संकेत दिएको छ । नेपालमा पायोनियर मोटोकर्पले नेपालमा बिक्री गर्दै आएको डाट्सन रेडीको नयाँ फेसलिफ्ट मोडल बजारमा आउने भएको हो ।

नयाँ रेडी गो पुरानोको तुलनामा निकै परिमार्जन सहित आउन लागेको तस्विरले संकेत गरेको छ । यसमा ठूलो रेडियटर ग्रिल, स्लीकर हेडल्याम्प, एल सेपमा डिआरएलएस र नयाँ बम्परको प्रयोग भएको देख्न सकिन्छ ।

कम्पनीले टर्न इन्डिकेटरको नजिकै रेडी गोको व्याच दिएको छ । रुफरेलको प्रयोगले गाडीलाई पहिलाभन्दा ठूलो देखाएको छ । यसमा ५ ट्वीन स्पोक ह्वील दिइको तस्विरमा देख्न सकिन्छ ।

फेसलिफ्ट रेडी गोको इन्टेरियरमा पनि केही परिमार्जन गरिएको छ । यसको इन्ट्रुमेन्ट क्लष्टर र इन्फोटेन्टमेन्ट सिस्टमा परिवर्तन पाउन सकिने अपेक्षा गरिएको छ ।

कम्पनीले बीएस ६ मापदण्डको ०.८ लिटर र १.० लिटर पेट्रोल इन्जिनमा ल्याउने यो कारमा थ्रि सिलिण्डर इन्जिन रहेको छ ।

०.८ लिटर इन्जिनले अधिकतम ५४ पीएस पावर र ७२ एनएम टर्क प्रदान गर्छ भने यसले प्रतिलिटर २२ किलोमिटर माइलेज दिने एआरएआईले प्रमाणित गरेको छ । त्यस्तै १.० लिटर इन्जिनले ६८ पीएस वावर र ९१ एनएम टर्क प्रदान गर्छ ।

नेपाली बजारमा डाट्सन रेडी गो दुबै इन्जिन अप्सनमा बिक्री वितरण हुँदै आएको छ । कम्पनीले ०.८ लिटर रेडी गोको मूल्य १९ लाख ९९ हजार र १.० लिटरको मूल्य २१ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री वितरण गर्दै आएको छ ।

धेरै पढिएको