दुर्गा प्रसाईंको निवास अगाडि बाक्लो संख्यामा प्रहरी परिचालन
News Desk
Nov-24 , 2023 तारिख 05:38 बेलुका

काठमाण्डौ । गणतन्त्रविरोधी अभियन्ता एवं व्यवसायी दुर्गा प्रसाईंको निवास अगाडि अहिले बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको  छ ।भक्तपुरको ठिमीमा रहेको उनको घर अगाडि प्रहरीले पहरा दिईरहेका छन् ।  प्रसाईंको सचिवालयका अनुसार प्रसाईंलाई प्रहरीले घरबाट बाहिर निस्कन दिईएको छैन । तीनकुने क्षेत्रमा पनि ठूलो संख्यामा प्रहरी परिचालन भएका छन् । उनको नेतृत्वमा आज काठमाडौंको तीनकुनेमा प्रदर्शनको तयारी थियो ।

काठमाडौं प्रशासनले भने प्रसाईंको अभियानलाई तीनकुनेमा प्रदर्शनको अनुमति नदिइएको भन्दै विज्ञप्ति जारी गरेको छ । उनका करिब तीन दर्जन समर्थक पक्राउ परेका छन् ।

धेरै पढिएको