अदालत परिसरबाट हत्कडीसहित फरार थुनुवा जडिबुटीबाट पक्राउ
News Desk
Jan-04 , 2024 तारिख 10:19 बेलुका

जिल्ला अदालत परिसरबाट हत्कडीसहित फरार भएका थुनुवा कमल खड्का जडिबुटीबाट पक्राउ परेका छन्। 

उनलाई न्यू दोलखाली गेष्ट हाउसबाट नियन्त्रणमा लिइएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ। प्रहरी वृत्त महारागञ्जका नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्री र जिल्ला प्रहरी परिसर टेकूको संयुक्त टोलीले खड्कालाई पक्राउ गरेको हो। म्याद थपका लागि हिजो जिल्ला अदालतमा उपस्थित गराउने क्रममा उनी फरार भएका थिए।

डलर ठगीको आरोपमा पक्राउ परेका उनी सिन्धुपाल्चोक बाह्रबिसेका हुन्। उनले लगाएको हत्कडी र थुनुवा ज्याकेट भने भक्तपुर, चाँगुनारायण–१ दुवाकोटस्थित कोठामा फेला परेको प्रहरीले जनाएको छ।

धेरै पढिएको