News Desk
हुम्ला l ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा अदानचुली गाउँपालिका-३ गोरपाली बस्ने २० वर्षीय हर्क बुमीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
बुमीले ती महिलालाई सोही गाउँपालिका-४ स्थित रिल्मा बनमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी गल्फगाडबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ।