झापाको दमकमा शुक्रबार दिउँसो गोली चल्दा एक छात्रा घाइते
News Desk
May-04 , 2024 तारिख 12:28 बेलुका

झापाको दमकमा शुक्रबार दिउँसो गोली चल्दा एक छात्रा घाइते भएकी छिन। प्रहरीका अनुसार हिमालय माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत एक छात्रा घाइते भएकी हुन।

गोली हानेर फरार भएका युवकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

घाइते ती विद्यार्थीको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ ।

गोली हान्ने व्यक्ति फरार रहेको र खोजी तथा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

धेरै पढिएको