नवलपरासीमा श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ
News Desk
May-06 , 2024 तारिख 09:15 बेलुका

-सहबान अन्सारी

नवलपरासीमा श्रिमतीको हत्या गरी फरार रहेका श्रिमानलाई तिन दिन पछी प्रहरीले पक्राउ गरेको छ ।

बैशाख २१ गते शुक्रवार रामग्राम नगरपालिका वडा नं.१६ सबुनी स्थित ३० बर्षिया ललिता कहाँरलाई श्रीमान जोखन कहाँरले घाँटी र कोखमा धारिलो हतियार (चक्कु) प्रहार गरी हत्या गरेको अभियोग प्रहरीले पक्राउ गरिएको हो।

सोमवार पाल्हिनन्दन गाउँपालिका वडा नं.६ पडरी स्थित नेपाल भारत सिमानामा लुकीछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।

श्रिमती हत्याको अभियोगमा पक्राउ परेका कहाँरलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत परासीबाट ५ दिनको म्याद थपगरि अनुसंधान भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।

धेरै पढिएको