आफ्नै ८ वर्षीया छोरीलाई जबरजस्ती करणी गर्ने बाबु पक्राउ
News Desk
May-28 , 2021 तारिख 07:17 बिहान

काठमाडौं, १४ जेष्ठ-पाल्पामा आफ्नै ८ वर्षीया छोरीलाई जबरजस्ती करणी गर्ने बाबु पक्राउ परेका छन् । आफ्नै ८ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बगनासकाली गाउँपालिका-२ बस्ने ३१ वर्षीय पुरुषलाई बिहीवार दिउँसो प्रहरीले पक्राउ गरेको हो । ती पुरुषले आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भए लगत्तै जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

धेरै पढिएको