News Desk
डिएन घिसिङ
काठमाडौ-रामेछाप जिल्ला स्थित दोरम्बा गाउँपालिका पदाधिकारीले कानुन बिपरित अनियमितता र आर्थिक दुरुपयोग समेत गरेको आरोप सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टचार सम्बन्धी उजुरी दर्ता भएको छ। गाउँपालिका पदाधिकारीले स्थानीय सरकार संचालन ऎनको गम्भीर उल्लंघन गरि नीतिगत भ्रष्टाचार गरेको तथा राज्यकोष समेतको दुरुपयोग गरेको आधार पेश गर्दै उक्त उजुरी दर्ता गरिएको हो ।
स्थानीयबासिहरुले दिएको निवेदनमा कानुनी आधार बिना गाउँपालिकाको नाम हेरफेर गरिएको र किसानले उत्पादन गरेको कृषि उत्पादनमा समेत चरम आर्थिक अनियमितता गरेको जनाईएको छ। विकास निर्माणमा लगाउनुपर्ने रकम अनावश्यक रुपमा खर्च गरि राज्य कोषको दुरुपयोग गरेको आरोप लगाउदै दोरम्बा गाउँपालिका अध्यक्ष कमान सिंह तामाङ र पदाधिकारी लगाएतका विरुद्ध अनुसन्धान गरि कारबाही गर्न माग गरिएको स्थानियले जनाएका छन् ।
पहिलो पटक दोरम्बा पालिकाको अनियमिता बारे राज्य दैनिकले भण्डाफोर गर्दै समाचार सामाग्री प्रकाशित गरेपछि सरोकारवालाहरुले यस सम्बन्धमा चासो लिएका थिए । खोजबिन गर्दै जाँदा यस संबन्धमा नीतिगत रुपमा अनियमितता, भ्रष्टाचार र ब्यथिती सहित आर्थिक अनियमिता गरेको व्यहोरा समेत खुलेको हो ।
मिति २०७६/१०/०७मा बसेको दोरम्बा पालिकाको छैठौ गाउँ सभाले गरेको निर्णय नम्बर १९मा दोरम्बाको मौलिक पहिचान बोकेको ऎतिहासिक र पर्यटकिय गन्तब्यलाई ब्यवस्थित गर्ने भन्दै घरटहरालाई हटाउन वा भत्काउन गरेको निर्णय विरुद्ध दोरम्बा बजारबासीले उच्च अदालतमा दिएको रिटले संबैधानिक हक प्राप्त गरी स्थानीयले न्याय पाएको जनाएका छन् । दोरम्बा बजार ब्यबस्थित गर्ने नाममा समेत राज्यकोषको लाखौं रकम अनियमिता भएको आरोप स्थानियले लगाएका छन।स्रोतबाट प्राप्त जानकारी अनुसार दोरम्बा गाउँपालिका छैठौ सभाले गरेको अर्को बुदा २०नम्बर निर्णयमा दोरम्बा गाउँपालिका नाम राजपत्रमा प्रकाशित भएकामा नाम परिबर्तन गरि दोरम्बा शैलुङ्ग कायम गराउन पुनःसंघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत सरकारसँग आग्रह गर्ने र बिश्वनियता समेत उपलब्ध गराउने भनिएको छ।जसको अर्थ भरपर्दो आधार नपुगेको र पुनःकाल्पनिक बैठक तय गरिएको हुन सक्ने स्थानीयहरुले आरोप लगाएका छन् । तत्कालीन प्रशासकिय अधिकृत दिपेन्द्र रेग्मीले पत्रचार गरेको विवरणले पनि सो आशंका उब्जाएको स्थानियहरु बताउँछन् । तत्कालीन अधिकृत रेग्मी र अध्यक्ष कमान सिङ तामाङको गलत रबैयाले ऎनलाई लत्याएको आरोप स्थानीय बासिन्दाहरुले लगाएका छन् ।
नेपाली काङ्रेस दोरम्बा गाउँ समितिका उप संयोजक केशब कुमार लामाले सार्वजनिक रूपमा छलफल नगरी पालिकाले गरेको निर्णय अपरिपक्व र जन भावना बिपरित रहेको धारण व्यक्त गरे। यस संबन्धमा अन्य राजनीतिक दलका स्थानीय नेताहरुको एकै मत रहेको बुझिएको छ।नेकपा माओवादी र राप्रपा लगाएतका अधिकांश नेताहरु समेत संसोधनको विपक्षीमा उभिएका छन् ।
यता नेकपाका नेता तुल प्रसाद कंडेलले दोरम्बा गाउँपालिकाले गरेको निर्णयमा नाम परिबर्तन नभई ऎतिहासिक सम्पदाको नाम जोडिएको कुरामा जोड दिए। उल्लेखित बिषयमा कानुन अनबिज्ञ रहेको भन्न जनप्रतिनिधिले पाइन्छ भन्ने पंत्तिकारको प्रतिप्रश्नमा उनले ठाडो उत्तर दिदै भने ‘जसले कानुन खोजेको होला उसैले जान्दछ’ ।
पदाधिकारीहरुले अनियमितता गरेको सवालमा यतिबेला विवाद उत्कर्षमा पुगेको छ।बेथिति र बिसङगती विरुद्ध स्थानीय एकताबद्ध भै आन्दोलन समेत चर्किदै गएको छ।स्थानीय बुद्ध तामाङले गाउँ पालिकाका पदाधिकारीहरुले गरेको भ्रष्टाचारलाई भण्डाफोर गर्दै चरणबद्ध तबरमा आन्दोलन गर्ने बताए।
‘बेथितिका मतियारहरुलाई न्यायको कठाघरामा ल्याएर कार्बही गर्नुपर्ने कुरामा आन्दोलन अघि बढेको हो’ तामाङले बताए । स्थानीय एवम् अमेरिकामा बसोबास गरिरहेका यमलाल मोक्तान र पवन योन्जनले समेत भ्रष्टाचार विरुद्धको अभियानमा एकेबद्वता जाहेर गर्दै प्रबासबाट आन्दोलनको अभियानलाई साथ दिने बताए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रस्टाचार सन्बन्धमा कसैको उजुरी वा कुनै स्रोतबाट प्राप्त भएको जानकारी आयोगमा प्राप्त हुन आएमा ऎन बमोजिम अनुसन्धान र तहकिकात गर्न वा अन्य कार्बाही गर्न सक्ने स्पष्ट ब्यबस्था रहेको छ।
भ्रष्टाचार संबन्धी अनुसन्धान गरि प्रमाणित भएमा निजहरूलाई सार्वजनिक पद मुक्त गराई बिशेष अदालतमा मुद्दा दायर हुने अख्तियार स्रोतले जनाएको छ।
|
ReplyForward |