आफ्नै श्रीमतीलाई एसिड प्रहार गरेको आरोपमा व्यवसायी पक्राउ 
News Desk
Jun-13 , 2021 तारिख 06:30 बिहान

रौतहट-आफ्नै श्रीमतीलाई एसिड प्रहार गरेको आरोपमा प्रहरीले यहाँका एक सुनचाँदी व्यवसायीलाई शनिबार साँझ पक्राउ गरेको छ ।  प्रहारबाट घाइते ती महिलाको स्थानीय एपोलो अस्पतालमा उपचार भइरहेको छ ।  घरायसी झगडाका कारण उनी माथि एसिड प्रहार भएको अनुसन्धानबाट खुलेको छ । 

चन्द्रपुर ४ स्थित मनिषा सुनचाँदी पसलका सञ्चालक दिपक विकले श्रीमती दिपिकालाई एसिड प्रहार गरेका हुन् । दिपिकाको पाखुरा र पेटमा एसिडले घाउ भएको छ । घाइते दिपिकाको अवस्था ठीक रहेको अस्पतालका चिकित्सक एके यादवले बताए । ‘घाइतेको अनुहारमा एसिड परेको छैन,’ उनले भने,‘शरीरको भागमा परेकोले अवस्था ठिक छ । उपचार हुँदै छ ।’

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी लिलाराज लामिछानेले एसिड प्रहार गर्ने दिपकलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको बताए ।

चन्द्रनिगाहपुर चोकबाट केही पूर्व राजमार्गमै सुनचाँदी पसल सञ्चालन गर्दै आएका बिक दम्पतीको लामो समयदेखि झगडा हुँदै आएको चन्द्रनिगाहपुर प्रहरीले जनायो ।

धेरै पढिएको