News Desk
धुनिबेशी नगरपालिका वडा नं. १, ३, र ४ तथा बालबालिका वास्ता नेपालको संयुक्त आयोजनामा माघ १२ गते शनिबारका दिन बृहत् निःशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरमा समाज डेन्टल अस्पतालले प्राविधिक सहयोग प्रदान गरेको थियो।
शिविरमा स्थानीय बासिन्दाहरूले दन्त स्वास्थ्य परीक्षण, परामर्श, दाँत सफा गर्ने, दाँत निकाल्ने लगायतका सेवाहरू निःशुल्क प्राप्त गरे। यस अवसरमा दन्त स्वास्थ्य सम्बन्धी जनचेतना अभिवृद्धि गर्न विभिन्न कार्यक्रमहरू पनि सञ्चालन गरियो।

धुनिबेशी नगरपालिका स्वास्थ्य क्षेत्रको विकासमा सक्रिय रहँदै आएको छ। यसअघि पनि धुनिबेशी नगरपालिका वडा नं. ६, धार्केमा १ दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको थियो, जसमा ३०० भन्दा बढीले लाभ लिएका थिए।
यस प्रकारका शिविरहरूले स्थानीय समुदायमा दन्त स्वास्थ्यप्रति सचेतना बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ। आयोजक संस्थाहरूले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
