हस्ताक्षर विधि: व्यक्ति पहिचानको मनोवैज्ञानिक आधार
News Desk
May-22 , 2021 तारिख 07:28 बिहान

   डिएन घिसिङ 

व्यक्ति पहिचानका लागि सहज एवम् सरल माध्यम हस्ताक्षर अर्थात दस्तखत प्रणालीलाई मानिन्छ।हस्ताक्षर भनेको कसैको नाम,उपनाम वा अन्य चिन्हको हस्तलिखित चित्रण हो, जसलाई व्यक्तिको कागजातमा पहिचान र आशयको प्रमाणको रूपमा लिन सकिन्छ।हस्ताक्षरले सामान्य आत्म-पहिचानको रूपमा कार्य गर्दछ। हस्ताक्षर हजारौं बर्षदेखि मानव रचनात्मकता र पहिचानको महत्त्वपूर्ण अंश रहेको छ।मध्य युगको पहिलो ज्ञात सभ्यता हस्ताक्षर विज्ञानलाई लिन सकिन्छ।आधुनिक समयमा त झन  कागजातहरूलाई प्रमाणिकरण गर्न हस्ताक्षर उत्तिकै महत्त्वपूर्ण  र सान्दर्भिक रहेको बिश्लेषण गर्न सकिन्छ । प्रारम्भिक कालमा चित्रण र प्रतिकहरूको एक श्रृंखला विकास भएर रेखांकन अवस्थामा आइपुगेको तथ्य इतिहासकारहरुले उल्लेख गरेका छ्न।हस्ताक्षर विज्ञान कहिले देखि प्रचलनमा ल्याइयो भन्ने ठोस प्रमाण नभेटिए पनि पश्चिमी संस्कृती र पुर्विय सभ्यतालाई मध्यनजर गरेर  प्रशस्त शोधहरु तयार गरिएको पाईन्छ ।अक्षरहरुमा आधारित पद्धतिबारे गहन चिन्तन र अनुसन्धानत्मक सुत्रहरु प्रकाशमा आएका पनि छन् । साथै प्राचीन ग्रन्थमालामा समेत मुक भाषाबारे बर्णन गरिएको छ।पश्चिम सभ्यतामा ईसा पुर्बको अक्षर विकासलाई हस्ताक्षर शैलीको प्रादुर्भावका रुपमा अर्थ्याईएको पाईन्छ । हस्ताक्षर सम्बन्धी केही तथ्यहरु केलाउदा पुर्बिय दर्शनमा रेखांकनको आधारमा ब्यक्तित्व चित्रण र ग्रहको पहिचान जस्ता मनोबैज्ञानिक कारणहरु अर्थ्याएको पाइन्छ।

'जब विश्वास र इच्छा उत्पन्न हुन्छ तब सम्बन्ध,तर्क, नयाँ विश्वास, इच्छा, अभिप्राय, वा निर्णयहरूलाई आधारहरुको ठोस परिणामलाई बनाउन  मनोबैज्ञानिक आधार तय गर्न हस्ताक्षर विधि प्रयोग गरिएको हुन्छ।' 

 हस्ताक्षर विधी रहस्यमय घटना पहिल्याउने एउटा प्रत्यक्ष प्रमाण पनि हो। व्यक्ति मानसिकता र व्यक्तित्व अनुसार फरकफरक हस्ताक्षर हुन्छ।विश्वविख्यात  भाषाबिज्ञ एवम्  रेखाविद् रोवर्ट फ्रास्टले अक्षरको शैलीलाई तथ्यमा उजागर गर्दै यस बिषयलाई स्विकारेका छन् ।  जुन आकृती बनाउदै अक्षर लेखिन्छ, त्यसको पछाडी अक्षर लेख्ने व्यक्तीमा  मनोबैज्ञानिक भेद लुक्ने तर्क पनि उनले गरेका छन् । व्यक्तिका घटना ,परिघटना बीचका विभिन्न सम्बन्धहरू समावेश रहन्छ,जब विश्वास र इच्छा उत्पन्न हुन्छ तब सम्बन्ध,तर्क, नयाँ विश्वास, इच्छा, अभिप्राय, वा निर्णयहरूलाई आधारहरुको ठोस परिणामलाई बनाउन  मनोबैज्ञानिक आधार तय गर्न हस्ताक्षर विधि प्रयोग गरिएको हुन्छ। आधारभूत आधारले सिद्धान्तलाई निहित गर्दछ। व्यक्तिहरू आफ्नो हस्ताक्षरलाई आफ्नो पहिचानको साथ जोडदछन् । यद्यपि त्यहाँ धेरै तरिकाहरू छन् जुन व्यक्तिगत  पहिचान प्रस्तुत गर्न सक्दछन।कानूनी,सामाजिक र आर्थिक प्रभावहरूको मुल्य र मान्यतामा  हस्ताक्षर बिज्ञानको महत्व  हुने तर्क विभिन्न सोधले पुस्टी गरेको छ ।  

अमेरिकाबाट प्रकाशित जर्नल अफ कन्जमर रिसर्चमा केरि केट्ली र गिराल्ट हब्लीले संयुक्तरुपमा तयार गरिएको शोधले समेत हस्ताक्षर विधि र व्यक्ति पहिचानको आधारलाई मह्त्व दिदै प्रस्ट्याएका छन् । हस्ताक्षरले सामान्य आत्म-पहिचानको कार्य गर्दछ साथै रूपरेखा बनाउन उपभोग-सम्बन्धित व्यवहारलाई प्रभाव पार्ने जस्ता ब्यबहारिकतालाई समेत जोड दिने गर्छिन् ।  

'हस्ताक्षर व्यक्तिको एउटा अलग्गै पहिचान हो। 'सही व्यक्ति' द्वारा नै प्रसारित छ वा अमुक व्यक्तिले गरेको छ भन्ने आधारलाई स्पष्टता गर्ने सांकेतिक आधार पनि हो यो ।  जब न रचनामा कुनै व्यक्तिको हस्ताक्षर छ भन्ने एकिन हुन्छ तब त्यो रचनालाई कसले  सृजित गरेको भन्ने तथ्य स्पष्ट रुपमा उजागर हुन्छ ।'  

हस्ताक्षर प्रभाव: प्रभाव पहिचान गरेर आत्म-पहिचान द्वारा उपभोग सम्बन्धित व्यवहारमा कसरी कार्यहरु सन्चालन हुन्छ भन्ने बिषयमा उक्त रिसर्चले पुष्टि गरेको छ ।  हस्ताक्षर पहिचानको बलियो आधार पनि हो।आधुनिक समाजलाई नौतिक बन्धन बाध्ने दरिलो माध्यम हो।स्वयीकार गरिएको चरित्र, प्रतीक, चित्र वा पद प्रयोग लाई प्रामाणिक गर्ने कृयाको रुपमा वा नामको विकल्पको रूपमा प्रयोग हस्ताक्षर प्रयोग गर्दछ ।समयक्रमसँगै  विज्ञान विकास र लोकप्रियता बढेको छ।हस्तलिखित शैलीमा लेखनकर्ताको स्वभाव झल्केको हुन्छ।आधुनिक विज्ञानले व्यक्तीको प्रभावको पहिचानलाई प्रविधिमा समेत विकास गरिसकेको छ।लेखनकर्ताको लेखावटमा प्रयुक्त चिन्ह वा अक्षरले ब्यक्ति पहिचान गर्न सहज गरेको छ।आफ्नो हस्ताक्षर विश्वको कुनै ज्ञात भाषाको लिपिमा गर्न सकिन्छ । हस्ताक्षर व्यक्तिको एउटा अलग्गै पहिचान हो। 'सही व्यक्ति' द्वारा नै प्रसारित छ वा अमुक व्यक्तिले गरेको छ भन्ने आधारलाई स्पष्टता गर्ने सांकेतिक आधार पनि हो यो ।  जब न रचनामा कुनै व्यक्तिको हस्ताक्षर छ भन्ने एकिन हुन्छ तब त्यो रचनालाई कसले  सृजित गरेको भन्ने तथ्य स्पष्ट रुपमा उजागर हुन्छ ।  

               व्यक्तिगत परिचय संकेत,समयको आत्मसात एक व्यक्तिको अद्वितीय संख्यात्मक पहिचान पनि हो हस्ताक्षर विधि।यसअर्थ यसलाई व्यवहारिक ज्ञान पनि भन्न सकिन्छ। हस्ताक्षर विज्ञान समुन्नत  समाजको आधारको रुपमा रहेको छ।