अर्थमन्त्री खतिवडाले राजीनामा दिँदै
News Desk
Sep-04 , 2020 तारिख 01:04 बेलुका

काठमाडौँ — भाद्र १९, २०७७। 

अर्थमन्त्री युवराज खतिवडाले शुक्रबार साँझ राजीनामा दिने भन्दै मन्त्रिपरिषदमा जानकारी गराएका छन् ।

एक मन्त्रीका अनुसार खतिवडाले कार्यकालको समीक्षासहित राजीनामा दिने जानकारी गराएका छन् ।

खतिवडाले अहिलेसम्मकाे अर्थतन्त्रको अवस्था, विगतमा के थियोे भन्नेबारे पनि व्याख्या गरेकाे र आगामी दिनमा कसरी जानुपर्छ भन्नेबारे पनि सुझाव दिएकाे ती मन्त्रीले बताए ।

(कान्तिपुर दैनिक)
 

धेरै पढिएको