News Desk
काठमाडौ नागरिक उन्मुक्ति पार्टी (नाउपा) को राष्ट्रिय भेलाले अध्यक्ष रञ्जिता श्रेष्ठलाई पदमुक्त गरी साधारण सदस्याष्टारमा समेत नरहने गरी हटाउने प्रस्ताव पारित गरेको छ, संस्थापक केन्द्रीय सदस्य बलवीर चौधरीले बताएका छन् । पार्टीको अनुशासन उल्लंघन, विधान विपरित व्यवहार, कार्यवाहक अध्यक्ष मनोनयन, केन्द्रीय समिति बैठक नबोलाउने, र जग्गा हिनामिना प्रकरण समावेश गरी पाँच बुँदे औचित्यका आधारमा सो निर्णय लिइएको जानकारी दियो।
केन्द्रीय समितिमा बहुमत रहेका संस्थापक केन्द्रीय सदस्यहरूले २४ घण्टे अल्टिमेटमपछि प्रतिक्रिया नआइकन रञ्जितालाई हटाउन राष्ट्रिय सभा बोलाएको थियो। उक्त भेलामा करिब १२ सदस्यको भागीदारी रहेको जनाएको छ।
यसअघि रञ्जिता श्रेष्ठले शिव बास्तोलालाई कार्यवाहक अध्यक्षमा तोकी विवाद थप विकराल बनेको थियो। तर, विपक्षी पक्षले त्यो निर्णयलाई गैरकानुनी बताउँदै अस्वीकार गरेका छन् ।
पार्टीभित्रको शक्ति सन्तुलनको विवादमा संरक्षक रेशम चौधरी पक्षप्रबल हुँदै आएको र संगठनमा विभाजनको खतरा बढेको बुझिएको छ। उनीहरूले यो निर्णयलाई निर्वाचन आयोगसमक्ष आधिकारिकता माग गर्दै निवेदन पनि दिएका छन्।
हालसम्म रञ्जिता श्रेष्ठले यस विषयमा औपचारिक प्रतिक्रिया दिएका छैनन्। यद्यपि, उनले विगतमा पार्टीभित्रको प्रक्रिया र विधान पालना आवश्यक रहेको भन्दै निर्देशन दिइसकेकी छिन् ।
यो निर्णयले नाउपाभित्रको आन्तरिक विभाजन, नेतृत्व दावी, र कानुनी प्रक्रियालाई थप जटिल बनाएको छ। पार्टीको आधिकारिकता, निर्वाचन चिन्ह/नाम, र भविष्यको संगठनात्मक स्वरूपमा विवाद हुने सम्भावना बलियो देखिन्छ।