रास्वपा सभापति लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर शाहबीच भेटवार्ता
News Desk
Dec-23 , 2025 तारिख 12:43 बेलुका

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच भेटवार्ता सम्पन्न भएको छ।

रास्वपा नेताहरूका अनुसार उक्त भेट आगामी निर्वाचनमा सहकार्य गर्ने विषयमा केन्द्रित थियो। छलफलका क्रममा दुवै नेताले मिलेर अगाडि बढ्ने सम्भावनाप्रति सकारात्मक धारणा व्यक्त गरेको पार्टीले जनाएको छ। रास्वपाले बालेन्द्र शाहलाई प्रधानमन्त्री पदको उम्मेदवारका रूपमा अघि सार्दै चुनावी मैदानमा उत्रिने तयारी गरिरहेको जानकारी पनि दिएको छ।

सभापतिको जिम्मेवारी पुनः सम्हालेलगत्तै रास्वपा अध्यक्ष लामिछानेले जेन–जी आन्दोलनलाई व्यवस्थित र संस्थागत बनाउने उद्देश्यसहित वैकल्पिक शक्तिहरू एकजुट भएर निर्वाचनमा सहभागी हुने घोषणा गर्नुभएको थियो। उक्त घोषणाकै निरन्तरताका रूपमा बालेन्द्र शाहसँगको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

धेरै पढिएको