नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत बन्दसत्र आज बिहान ९ बजेदेखि सुरु हुने
News Desk
Jan-13 तारिख 12:31 बेलुका

नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत बन्दसत्र आज मंगलबार बिहान ९ बजेदेखि सुरु हुने भएको छ। विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यका अनुसार निर्धारित समयमै बन्दसत्र प्रारम्भ गरिने तयारी गरिएको छ।

आचार्यले केन्द्रीय समितिले विशेष महाधिवेशनको औपचारिक जिम्मेवारी नलिए पनि नेतृत्व परिवर्तनसम्बन्धी कार्यविधि भने पहिले नै पारित भइसकेको स्पष्ट पारे। उनका अनुसार सोही कार्यविधिअनुसार महाधिवेशनको प्रक्रिया अगाडि बढाइनेछ।

यसैबीच, विशेष महाधिवेशन प्रचार समितिका संयोजक सुवास पोखरेलले बन्दसत्रको समग्र माहोल नेतृत्व यथावत् राख्ने पक्षमा नरहेको बताएका छन्। उनले सभापति शेरबहादुर देउवा उपस्थित भए पनि हलको धारणा परिवर्तन नहुने संकेत गरे।

पोखरेलका अनुसार बन्दसत्र सुरु हुँदा नेताहरू सहभागी नभए पनि प्रतिनिधिहरू प्रक्रिया रोक्ने पक्षमा नरहनेछन्। यसले विशेष महाधिवेशन निर्णायक मोडमा पुगेको देखिन्छ।

धेरै पढिएको