नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज​ बिहान​ ब​स्ने 
News Desk
Jan-14 तारिख 12:32 बेलुका

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बुधबारका लागि तय गरिएको छ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार केन्द्रीय कार्यसमितिको बैठक बुधबार बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य रूपमा उपस्थित हुन निर्देशनसहित अनुरोध गरिएको उनले बताए।

यसअघि आइतबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजेका लागि सारिएको थियो। तर आवश्यक छलफल र थप तयारी गर्नुपर्ने भएकाले उक्त बैठक अन्ततः बुधबारका लागि सारिएको मुख्यसचिव पौडेलले जानकारी दिएका छन्।

धेरै पढिएको